बढ्दो छ अन्धकार, धुमलिएको छ घाम !जब बाँच्ने इच्छा छैन, तब स्वप्न के काम !!
टुक्रिएका मेरा भावना, मोल कतै पाइन !निराकार यस्ता भावनाले, कस्तो पाउला दाम !!
निरर्थक बनी बाँचेको, यो जीवन मेरो !मरुभुमी को भुमरीलाई, कसले दिन्छ नाम !!
जीवन मेरो चिठ्ठी जस्तो, कोरेर सकिएको !कतै त जान्छ यो, बन्द हुँदै छ खाम !!
एकान्तमा रमाउन सिक्दै, अन्धकारमा हराएछु !जीवनमा कहिले देखिएला, उज्यालो दिने घाम ...
Saturday, November 28, 2009
Subscribe to:
Posts (Atom)