Showing posts with label Gazal. Show all posts
Showing posts with label Gazal. Show all posts

Wednesday, January 11, 2012

लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !


लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !
तिम्रो जस्तै प्रगतिपथमा, बढ्ने कति छन् !!

आदर्श तिम्रा जति छन्, देखाऊ सबैसामु !
तिम्रो एक इशारामा, लड्ने कति छन् !!

सहज भविष्यको आशमा, एक्जुट् हुदाँ सबै !
विद्रोहको ज्वालाबिच, डढ्ने कति छन् !!

गुम्सिएका विचारहरु, खुला हुन्छन् जब !
सपनाका महलहरु, जड्ने कति छन् !!

सपना पुरा गर्नलाई, देखाउँछौ बाटो जब !
सफलताको चुचुरोमा, चढ्ने कति छन् !!





Read more »

Monday, January 9, 2012

आँसुबिना बिताईएको, कुनै रात रहेन ...


आँसुबिना बिताईएको, कुनै रात रहेन ...
वियोग आँसु पुछिदिने, कुनै हात रहेन !!

लड्न खोज्दा भिरमा, गुहार कति गरेँ ...
रमितेको भिडमा थिएँ , कुनै साथ रहेन !!

जसोतसो खडा भएँ, अनेक प्रयास गरेर ...
"सक्छस् तँ"प्रेरणाको, कुनै बात रहेन !!

थाकें बिस्तारै सबैदेखि, एक्लिने निधो भो' ...
मनमा तब पिडा नामको, कुनै जात रहेन !!






Read more »

Friday, October 28, 2011

दिपावली


दशैँलाई पछ्याउँदै, आउने  दिपावली ...
घर गाउँ गल्लीगल्ली, छाउने  दिपावली...

सजिएर बेहुलीझैँ, आँगन र घर सब...
सयपत्री सिङ्गारिन, पाउने दिपावली...

काग कुकुर गाई गोरु, पुजेर सबैलाई...
सबैबाट मायाप्रेम, पाउने  दिपावली...

लक्ष्मीपुजा सकीएर, मादलु र द्यौसी-भैलो...
मिठो स्वर भैलिनीले, गाउने  दिपावली...

दिदीबैनी दाजुभाई, मिठो सम्बन्ध...
जोगाईदिने मखमली, लाउने  दिपावली...
Read more »

Saturday, October 15, 2011

हात समाई तरेको सानो, खोली याद आयो...


सुहाउने तिमीलाई त्यो रातो, चोली याद आयो...
कोइली कण्ठ तिम्रो मिठो, बोली याद आयो...

सात सागर पनि अहिले, एक्लै तरी आएँ म...
हात समाई तरेको सानो, खोली याद आयो...

म दु:खी बन्छु कहिले, रुन्छु तिम्रो यादमा...
हामी भेट्ने गरेको बार, भोलि याद आयो...

चाडबाड आउँछ देशमा, परदेशमा के हुन्छ र...
दशैँ-तिहार र छठ अनि, होली याद आयो...

समी कान्छा
Read more »

Thursday, June 2, 2011

श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप !!


पुण्य भनि सहयोग गर्यौ, मानिएछ श्राप !
खुसी बोकी आएको थियौ, ठानिएछ श्राप !!

सुखदु:ख साटोमेलो, जीवन त्यस्तै थियो !
आशिष दियौ बाँच भनि, जानिएछ श्राप !!

आँटेकै थियौ साथ दिन, मेरै गल्ती थियो !
एक्लो पर्दा थाहा पाएँ, तानिएछ श्राप !!

हरेक पाईला साथ हिँड्दै, सपना बुनेछौ !
श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप !!

तस्बिर सौजन्य: गुगल

Read more »

Saturday, April 30, 2011

के हो यो जिन्दगी, हार हो कि जीत हो ?

के हो यो जिन्दगी, हार हो कि जीत हो ?
एक्लै बाँच्नेहरुलाई, शत्रु हो कि मीत हो ?

रमाइलोमा बित्छ रे, जीवन धेरैको यहाँ !
आँसु बगाउनेहरुलाई, घाम हो कि शीत हो ?

रहेछन् मानिस धेरै , प्रेम छल्दै हिँड्ने !
धोका भोग्नेहरुलाई, हेला हो कि प्रीत हो ?

आफै अबुझ हुदाँ पनि, सम्झाइने अरुलाई !
सुझाव नबुझ्नेहरुलाई, पीडा हो कि हित हो ?
Read more »

Thursday, March 31, 2011

हित रहेन अब ...

मनमा कसैको हित रहेन अब ...
देशकै हारमा जित रहेन अब ...

बलेरै राजनिती दनदनी मुटुमा ...
छाती सेलाउने शीत रहेन अब ...

विकाश रहेन शान्ति शत्रु बन्दा ...
सन्तुष्टि कसैको मित रहेन अब ...

तानातान लुछाचुँड सधैँ त्यही खबर  ...
मेल मिलाप पनि रित रहेन अब ... 
Read more »

Friday, November 5, 2010

न तिमी थियौ, न तिम्रो आभास थियो...


न तिमी थियौ, न तिम्रो आभास थियो...
खोजीमा तिम्रो, यो जिउँदो लास थियो...

टाढिएथ्यौ तिमी, मलाई वास्ता नदिई...
प्राप्ती तिम्रो, मात्र एउटा आश थियो...

साधारण तिमी, साधारण नै थिएँ म...
हामीमा केबल, प्रेममात्र खास थियो...


Read more »

Friday, August 20, 2010

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...

"Tulsi 'Ranjat' Maharjan" को सहयोगमा ...

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...    
माफ गर तिमीलाई, माया दिएछु...

सधै सधै  तिमीलाई, साथ दिएथे...
बेकार भयो तिम्रोलागी, जीवन दिएछु..
.
मिठो हासो सबै तिम्रै. पोल्टोमा दिइ ...
आफु हर क्षणै भरी, आँशु पिएछु...

क्षत विक्षत मुटु बोकी, भौतारिदै हराइ...
सारा दु:ख एकै गाँठो, पारी सिएछु...
Read more »

Sunday, June 27, 2010

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो  डराएर, पागल भएँ म...
चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...
बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...
लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...
एक्लै मात्र कराएर, पागल भएँ म...
आँसु बग्न खोज्दा, रोकिदिन खोजें...
आँखा मात्र भराएर, पागल भएँ म...
केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो... बयान गर्न सक्दिन... आज खै किन आफ्ना तिन सेर थपेर यसलाई पुरा गर्ने दुस्साहस गरें... गल्ती भएमा क्षमा....
फेसबुकमा "सुमन मञ्जरी" को सहयोगमा प्रकासित...
Read more »

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...
बिपनीमा छैनौ तिमी, सपनीमा साथ तिम्रो...
सुख दु:ख सबै बाड्ने, बाचा सब खेर गयो...
पिडा मेरो भागमा पार्यौ, खुसियाली हात तिम्रो...
बताएँ  पनि, देखाएँ पनि, साबित गर्न खोजेकै हो...
मेरो माया बुझेनौ सायद, निर्मोहीको जात तिम्रो...
तिमीसंग छुटेपछि, अन्धकारमै बित्छ समय...
कालो छ दिन मेरो, पुर्णिमाको रात तिम्रो...
Read more »

थोरै राजनीति

अब देखि तँलाई, भोट दिने को???
भ्रष्टाचारी तँलाई, नोट दिने को???

अझ आईस् चुनाव भन्न, उत्तर दे एउटा...
पदमा हुँदा हामीलाई, चोट दिने को???

बजेट खल्तीमा हालिस् विकाश चाहीँ शुन्य
तेरै गल्तीमा हामीलाई खोट दिने को???

इमान जमान बेचिस् धनी देखिन भनी...
लाज ढाक्न तँलाई, कोट दिने को???

विदेशभ्रमण सुखसयल, मात्र सोच्ने तँ...
कर्म-विज नरोप्नेलाई, बोट दिने को???
Read more »

आमासंग माफी

हे आमा! म हारें, लड्न सकिन...
म आफ्नै पथमा, बढ्न सकिन...

उखेलेर फेकिदिए, मेरा सपनाहरु...
पापीहरु विरुद्ध, अड्न सकिन...

उकालो लाग्दैथियो, सपना  मेरो...
इर्ष्या रैछ तिनमा, पढ्न सकिन...

धोकाको पर्खाल, मेरो सामु बनाई...
खुट्टा तान्दै थिए, चढ्न सकिन...

उचाई त पक्कै पाउँथे , इमान गुमाएर...
म तिनीहरु जस्तै, सड्न सकिन...

सफलता नपाई "सामीप्य"मा हुन्न...
यसैपाली तिम्रो खुशी, जड्न सकिन...
Read more »

सफल बन्ने चाहना राख्ने पनि मानिस...

सफल बन्ने चाहना राख्ने पनि मानिस...
आफ्नै पसिनाको स्वाद चाख्ने पनि मानिस...
प्रगति पथमा अघि बढ्दा-बढ्दै...
अनायासै रोकिएर थाक्ने पनि मानिस...
थोरै थकान घटी आस देखिएपछी...
त्यसै त्यसै एक्कासी जाग्ने पनि मानिस...
भाग्यमा भर परी काम नगर्न....
कर्मको पथबाट भाग्ने पनि मानिस...
सामीप्य कान्छा
Read more »

सकेसम्म त रोकिन्छ...तैपनि आँसु पोखिन्छ...

सकेसम्म त रोकिन्छ...
तैपनि आँसु पोखिन्छ...

आँखा खुल्लै हुन्छन...
तैपनि पाइला ठोकिन्छ...

कसैलाई बुझ्न नखोजी...
त्यसै गोडा ढोगिन्छ...

कसको सम्मान कति...
त्यही मात्र जोखिन्छ ...
Read more »

Sunday, June 20, 2010

म पातै सहितको हाँगो भाँचिदिन्छु ....

म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...

जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...

साटेर जीवन बाँचेको  पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...

झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....

'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....
Read more »

Monday, June 14, 2010

बुलबुल को लागी

रात्रीको एकान्तमा, आउँछे मेरी बुलबुल...
मनको भित्री दैलोमा, छाउँछे मेरी बुलबुल...
.
मिठामिठा गज़लको, वाचन त पर्याय हो...
सांगीतिक गज़ल पनि,  गाउँछे मेरी बुलबुल...
.
लामो बिछोड एक साता, कसो गरि हो काट्ने...
बुधबारको रातीमात्रै, धाउँछे मेरी बुलबुल....
.
उज्यालो 90 नेटवर्कको, तरङ्गबाट निस्कीइ... 
बुलबुलियनसंग प्रिती, लाउँछे मेरी बुलबुल....

बुलबुल को लागी
Read more »

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...सुमन मञ्जरी

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...
तिम्रो घात देखि अन्त , मेरो भाग्ने ठाउँ नै छैन...
#
सास मेरो तिमीलाई सुम्पी, तिम्रै भरमा बाचें...
मृत्यु सैयामा पुगेको छु, मेरो जाग्ने  ठाउँ नै छैन...
.
जति नजिक रहन्थ्यौ, त्यति टाढा हुन खोज्छौ...
लगाएको पर्खाललाई अब नाग्ने ठाउँ नै  छैन...
.
जतन गर्ने बाचा गरि, लिई गयौ मेरो मुटु...
टुक्रिएको मुटु अब, तिम्ले माग्ने  ठाउँ नै छैन...

#
दोस्रो हरफलाई पछी यसरी बदलियो
बाँच्ने चाह हुँदा हुँदै कुन्नी किन मरे फेरी...
मन हुँदा पनि मैले फेरी जाग्ने ठाउँ छैन...

सुमन मञ्जरी
Read more »

गजल प्रयास गरिएको ढाँचा

आशा र निराशा...
जीवन परिभाषा..

माया पनि छ...
अनि गाली भाषा...

नियम पनि छ...
छ सकुनी पाशा...

कतै कतै हार छ...
कतै कतै आशा...
Read more »

Sunday, June 13, 2010

किन यहाँ हरेक धर्ममा युद्ध छ...

सबैजना समान जति भनिए पनि...
किन यहाँ हरेक धर्ममा युद्ध छ...
हाँसीखुशी बाँच्ने, चाहना हो सबको...
मनभित्रको सबै, मर्ममा युद्ध छ...
प्रतिस्पर्धा नाम दिइ, बच्न खोजे पनि...
देखिए जति सबै, कर्ममा युद्ध छ...
सपना अनि बिपनाको भिन्नता नदेख्दा...
कुनै सत्य र कुनै, भ्रममा युद्ध छ...
Read more »