Showing posts with label Translation. Show all posts
Showing posts with label Translation. Show all posts

Sunday, September 18, 2011

म एक जिवित हुँ...
म एक प्रेमी हुँ...
म त्यो मान्छे हुँ जो अरुलाई दु:ख दिदाँ आफु खुसी हुन्छ...
म सबैतिर भौँतारिने एक अदृश्य शक्ति हुँ...
म ति आमा हुँ जसले जेल गएको आफ्नो छोरोलाई अंगाल्न सकिन...
म त्यो बालक हुँ जो अरु भन्दा फरक भएको कारणले एक्ल्याईन्छु...
म त्यो बालक हुँ जो आफन्तबाट नै भुलिएको छ...

म त्यो केटी हुँ जो हरेक रात सिरानी भिजाउँछे,
यही सोचमा कि ऊ अझ राम्री हुनपर्थ्यो...
म त्यो पुरुष हुँ जो आफ्नो इच्छा मारेर,
अरुको इच्छा बचाउँन हरपल जिउन खोज्छ...
म त्यो छोरो हुँ जो ११बर्षको उमेरमा भाँडा माझ्दैछु,
यही कारण कि मेरा बाबा अपाहिज छन्...
म त्यो व्यक्ति हुँ जो बाँच्छ,
किनकी ऊ मृत्युपछिको दुनियासँग डराउँछ...
म त्यो नारी हुँ जो हरेक दिन पिटीन्छे,
किन उसको हेराई श्राप ठानिन्छ...
म त्यो मानिस हुँ जसले बाँच्नलाई कुकर्म गर्न पर्‍यो...
अनि त्यही कारणले समाजले उसलाई अलग्यायो...

म एक टुक्रा हुँ... म सिंगो संसार हुँ...
म एक नायक हुँ... म एक खलनायक हुँ...
म एक पोषक हुँ... म एक शोषक हुँ...
म एक योग्य हुँ... म एक सहिद हुँ...
म एक दु:खी हुँ... म एक सन्तुष्टि हुँ...
म आशा गर्छु...म थिचिन्छु...
म सपना देख्छु... म एक्ल्याईन्छु...
म दुर्व्यवहारको शिकार हुँ... म भुलिएको बहार हुँ...

म सबैभन्दा फरक हामी सबैको एक प्रतिनिधी हुँ...


(यो रचना एक अंग्रेजी कविताको अनुवाद हो...  अनुवादकको हक हो जस्तो लागेर केही पंक्तिको स्थान अनि शब्दहरु पनि परिवर्तन गरिएको छ... )
Read more »

Thursday, December 3, 2009

नग्नता (अनुवादित)

"With Lot of Thanks to The Unknown Original Author"

म भन्छु, नग्नता त्यो होइन जुन तिमीले चिन्यौ,मेरा साथी .
जुन तिमीले मेरो निर्वस्त्र छालालाई अर्थ्याउँछौ ।
तिमीले फगत् मेरा निर्वस्त्र छाला मात्र देख्छौ ।
र मेरा छाला नङ्याउने तत्व चिन्दैनौ
र कारण खोज्दैनौ
र जे देख्नु थियो त्यो देख्न चाहँदैनौ ।
मेरा निर्वस्त्र छालालाइ निन्दा गर्छौ अनि सताउँछौ
मेरा निर्वस्त्र छाला
जसलाइ तिमीले भनेका छौ
"नग्नता" ।।


तिमीले त्यही हेर्‍यौ, जुन अरुले हेरे
र देख्न चाहेनौ जुन देख्नु पर्थ्यो ।
जुन देख्नु पर्थ्यो-"त्यो सत्य"
किनभने तिमी
त्यही मान्छे हौ जो-
जो आकाश होइन चट्याङ्लाइ सराप्छन्  ।।


तिम्रो आँखामा म नग्न छु
मेरो आँखामा होइन ।।


किनभने म माथि उठेका औँलाहरु तिनै हुन्
जसले मेरो छाला  चिथोरे ।।


किनभने मलाई आज सराप्ने मुख तिनै हुन्
जसले मेरो शरीरको चोक्टा चोक्टा लुछ्यो ।।


किनभने आज मलाई वीभत्स देख्ने आँखा तिनै हुन्
जसले मेरो चोक्टा-चोक्टामा खुशी भेट्यो ।।


त्यसैले म सोध्छु, नग्न को छ??
ति औँलाहरु?, त्यो मुख?, ति आँखाहरु? वा मेरो नग्न छाला??


मलाइ आज नचिन्ने आँखाहरु
तिनै हुन् जुन मेरा चोक्टामा रमाए ।।
मलाइ आज गाली गर्ने मुख
तिनै हुन् जसले मलाइ चोक्टा बनाए ।।
म माथि आज उठेका औँलाहरु
तिनै हुन् जसले मेरो चोक्टालाइ मरण सम्म पुर्‍यायो ।।


त्यसैले मेरा साथी,तिमीलाई सोध्छु
तिम्रो आँखामा को चाँहि नग्न हो ??
ति औँलाहरु ??
ति आँखाहरु ??
त्यो मुख ??
वा मेरो उघारो छाला ????
Read more »