Showing posts with label Others. Show all posts
Showing posts with label Others. Show all posts

Saturday, January 14, 2012

मेरो परिचय- व्यर्थको गन्थन


म को हुँ अनि म किन म हुँ??कहिलेकाहीं सोच्ने गरिएको त हो तर पनि कुनै उत्तर भेटेको छैन ! मेरो नाम(बाबाआमाले राखिदिनुभएको)ले मेरो प्रतिनिधित्व गर्दैन भन्ने कुरा थाहा थियो ! त्यसैले अनलाईन दुनियाँमा आफैलाई एउटा छद्म नाम दिएको छु- सामिप्य कान्छा (समी) ! यति भन्नुको अर्थ मैले यो नामले मेरो प्रतिनिधित्व गर्छ भन्न खोजेको होईन तर पनि यो नामसँग अचेल एउटा मोह बसिसकेको छ ! 'सामिप्य', यो मेरो मिल्ने (केटी)साथीले दिएको नाम हो र 'कान्छा', मलाई घरतिर बोलाईने नाम ! मेरो गाउँघरतिर पनि सायदै कम व्यक्ति छन् जसलाई मेरो वास्तविक नाम थाहा छ ! 'सामिप्य' लेख्नको गाह्रोले छद्म नामलाई अझ छद्म गरेर 'समी' बनाएँ ! शेक्सपियरले कतै भनेका छन्- व्हाट इज इन द नेम ?{नाममा आखिर के नै छ र?} (यो भनाईको तल्लोपट्टि उनले आफ्नो नाम किन लेखे त्यति चाही उनैलाई सोध्न पर्ला ! ;) )

अब मेरो घर-ठेगाना, बाबु-बाराजुको नामले आफुलाई चिनाउनु कहाँ मेरो परिचय भयो र ! त्यसैले आफ्नो परिचय दिनु पनि गाह्रै काम रहेछ जस्तो लाग्छ ! कसैले परिचय सोधे आफ्नो नामबाहेक के पो भन्नु र है ???

अँ, अचेल म आफैलाई एउटा ब्लगरको रुपमा भने चिनाउन सक्छु ! व्यवसायिक होईन तर केही कोरकार पारेर आफ्नै एउटा ब्लग खोलेर त्यहाँसम्म राख्ने हुदाँ आफैलाई त्यति परिचय दिएको छु ! "गज़ल" मानिने केही रचना, ३-४ वटा कथा अनि फाट्टफुट्ट कविताहरु छन् त्यसमा ! अब प्रश्न आउन सक्छ "तँ आफैलाई ब्लगर भन्छस् ! तेरो ब्लगका नियमित पाठक कति छन्??" सोझो जवाफ- "होलान्, एकदुई ! जसले मैले भनेको नकार्दैनन् उनीहरुले हेर्छन् !" सत्य हो यो ! फेसबुक र ट्विटरमा नयाँ रचनाको लिंक नराख्दो हुँ त मेरो ब्लगले हप्तामा त के वर्षमा एउटा पाठक पनि पाउँदैन(म आफैबाहेक) ! त्यही राखिएका लिंकमा पनि कति त कसैको आँखा नि पर्दैन ! फेरी पनि म कुनै गुनासो भने गर्दिन है ! कसैले हेर्नु वा नहेर्नु उसको स्वतन्त्रताको कुरा हो नि ! यस अनुच्छेदको सारमा मेरो परिचय भनेको "म एउटा नियमित पाठकबिहिन ब्लगको ब्लगर हुँ" !

ब्लगको कुरासँगै लेख्ने गरेको कुरा पनि निस्कियो ! हो, म लेख्छु ! मनलागेको बेला मनलागेको कुरा मनलागेको जसरी लेख्छु ! कुनै गज़ल बन्लान्, कुनै कथा त कुनै कविता ! कुनै केही बन्न नसकेका रचनाहरु मेरो ल्याप्पी(ल्यापटप)को कुनै फोल्डरभित्र यसले मेरो जिन्दगी आधा-आधी मै सकिदिने भो भनेर मलाई सराप्दै अस्तित्व जोगाएर बसेको होलान् ! तर मेरो क्षमताले सकेको भए पो मैले केही गर्नु त ! मैले सक्ने भए सुरु गर्दा नै पुरा गर्ने थिएँ होला नि ! ति अपुरा रचनाहरुको माया लाग्छ ! सोच्छु "बिचरा मेरा सन्तानहरु, म रहँदा-रहँदै टुहुरो भए !" जे होस् यस अनुच्छेदको सारमा लाग्छु "म कसैले नपढ्ने ब्लगको सामग्री जुटाउने एउटा रचनाकार पनि हुँ"!

आजको परिचय यति मै सिमित राखौं ! अरु केही नयाँ परिचय भेटें भने सायद फेरी लेखौंला !
अहिलेलाई, जदौ नमस्कार !
Read more »

Wednesday, December 7, 2011

धुमलिएको छ आँखा, बाटो भेटिन्न


हार मानि जीवनयात्रा बिसाउँ त भन्दा,
मेरो जीवन बाँचिदिने,साटो भेटिन्न ।।।

दु:ख हो जीवन भनी कहिले रोएँ र खै,
आँशु बग्ने आँखामा टाटो भेटिन्न ।।।

आफ्नाले दिएका घाऊ होलान् अनगिन्ती,
खोतली हेर मलाई तर,खाटो भेटिन्न ।।।

सफलता खोज्दै परदेशी हुँदाखेरी,
टिका लगाउने आफ्नो माटो भेटिन्न ।।।

गन्तब्य टाढा लिएको एक्लो यात्री म,
धुमलिएको छ आँखा, बाटो भेटिन्न ।।।
Read more »

Monday, December 5, 2011

नारायण गोपाल स्मृति....


स्वर सम्राट "नारायण गोपाल"का ९२ गीतहरु..
Read more »

Sunday, September 18, 2011

म एक जिवित हुँ...
म एक प्रेमी हुँ...
म त्यो मान्छे हुँ जो अरुलाई दु:ख दिदाँ आफु खुसी हुन्छ...
म सबैतिर भौँतारिने एक अदृश्य शक्ति हुँ...
म ति आमा हुँ जसले जेल गएको आफ्नो छोरोलाई अंगाल्न सकिन...
म त्यो बालक हुँ जो अरु भन्दा फरक भएको कारणले एक्ल्याईन्छु...
म त्यो बालक हुँ जो आफन्तबाट नै भुलिएको छ...

म त्यो केटी हुँ जो हरेक रात सिरानी भिजाउँछे,
यही सोचमा कि ऊ अझ राम्री हुनपर्थ्यो...
म त्यो पुरुष हुँ जो आफ्नो इच्छा मारेर,
अरुको इच्छा बचाउँन हरपल जिउन खोज्छ...
म त्यो छोरो हुँ जो ११बर्षको उमेरमा भाँडा माझ्दैछु,
यही कारण कि मेरा बाबा अपाहिज छन्...
म त्यो व्यक्ति हुँ जो बाँच्छ,
किनकी ऊ मृत्युपछिको दुनियासँग डराउँछ...
म त्यो नारी हुँ जो हरेक दिन पिटीन्छे,
किन उसको हेराई श्राप ठानिन्छ...
म त्यो मानिस हुँ जसले बाँच्नलाई कुकर्म गर्न पर्‍यो...
अनि त्यही कारणले समाजले उसलाई अलग्यायो...

म एक टुक्रा हुँ... म सिंगो संसार हुँ...
म एक नायक हुँ... म एक खलनायक हुँ...
म एक पोषक हुँ... म एक शोषक हुँ...
म एक योग्य हुँ... म एक सहिद हुँ...
म एक दु:खी हुँ... म एक सन्तुष्टि हुँ...
म आशा गर्छु...म थिचिन्छु...
म सपना देख्छु... म एक्ल्याईन्छु...
म दुर्व्यवहारको शिकार हुँ... म भुलिएको बहार हुँ...

म सबैभन्दा फरक हामी सबैको एक प्रतिनिधी हुँ...


(यो रचना एक अंग्रेजी कविताको अनुवाद हो...  अनुवादकको हक हो जस्तो लागेर केही पंक्तिको स्थान अनि शब्दहरु पनि परिवर्तन गरिएको छ... )
Read more »

Sunday, June 27, 2010

सफल बन्ने चाहना राख्ने पनि मानिस...

सफल बन्ने चाहना राख्ने पनि मानिस...
आफ्नै पसिनाको स्वाद चाख्ने पनि मानिस...
प्रगति पथमा अघि बढ्दा-बढ्दै...
अनायासै रोकिएर थाक्ने पनि मानिस...
थोरै थकान घटी आस देखिएपछी...
त्यसै त्यसै एक्कासी जाग्ने पनि मानिस...
भाग्यमा भर परी काम नगर्न....
कर्मको पथबाट भाग्ने पनि मानिस...
सामीप्य कान्छा
Read more »

Saturday, May 15, 2010

MUKTAK???? GAZAL???

मेरो रहरले होइन, परेर जबरजस्तीमा....
म आफै बहुलाएछु, यो पागलको  बस्तीमा....
आफै राम्रो आफै जान्ने, ठुलो पनि आफै नै....
अनुशासन नै देख्दिन, ती कहलिएका हस्तीमा....
अत्यास लाग्दो यो यात्रा एक्लै कति हिड्ने हो???
मेरो विरुद्ध सारा दुनिया को कोसंग भिड्ने हो????
Read more »

Tuesday, April 27, 2010

रातका ताराहरु अनि जीवनको लक्ष्य

अचेल रातमा ताराहरु हेर्ने बानी जस्तो भएको छ.... राम्रा देखिन्छन्.... सोच्न बाध्य बनाउँछ कि "त्यहाँ को जीवन कति सुन्दर अनि मनोरम होला???? म पनि त्यतै कहीँ आफ्नो संसार सजाउन पाए.... " 
अनि फेरि याद आउँछ "तर त्यहाँ पुग्ने कसरी????" 
सबै लक्ष्यहरु साना हुन् या ठुला - तिनै ताराजस्तो लाग्दैछन्.... लक्ष्यहरु प्रष्ट देखिएका छन्.... वर्षात सकिएको रातमा जस्तै.... लक्ष्यमा पुगेको समय सोच्छु.... कति मनोरम होला.... तर लक्ष्यहरुमा पुग्ने बाटोको कमी महसुस भईरहेछ....

प्रगतिपथमा लम्किन चाहने मेरा पाईलाहरु यसरी कुँजिदै गएका छन् कि सायद कुनै दिन मैले त्यो बाटो भेटेँ भने पनि हिँड्न असमर्थ हुनेछु.... अनि बाध्य हुनेछु आफ्नै धर्तीमा रमाउन....
Read more »

Monday, April 26, 2010

A Big VOID and a Big Emptiness....

संसार एउटा ठुलो शुन्य... अनि मन भित्र त्यो शुन्य भन्दा ठुलो शुन्यता... 
त्यही शुन्यतामा पनि...
सासहरु हराईरहेछन्... खोज्न जाने बाटो पनि देख्दिन... 
पुराना चोटहरुले पीडा थप्दैछन्... ओखती भेटेको छैन... 
सपनाहरु धेरै देखिन्छन्... सम्झिने क्षमता छैन... 
वरिपरि डढेलो देखिन्छ... निभाउने चाहना छैन... 


यहि हुन नहुने तर भईरहेका... अनि यहि हुनपर्ने तर नभईरहेका कार्यहरुलाई अहिले एउटै वाक्यमा भन्ने प्रयास----
अहिलेको समय A Big VOID and a Big Emptiness....
Read more »

Thursday, March 11, 2010

तिमी बिना बाँच्न सकिन्छ

नबगाए आँसुका थोपा, आँखाभित्र साँच्न सकिन्छ ! 
संघर्ष मात्र गर्‍यो भने, तिमीबिना बाँच्न सकिन्छ !! (१२)

तिरस्कार अहिल्यै गरिन, अझै केही बेर लाग्छ ! 
थोरै माया दिई फेरि, तिमीलाई जाँच्न सकिन्छ !! (२२)
Read more »

सुजना from facebook

त्यसै त्यसै मन्द भयो जिवन को गति ! 
सास मात्र लिएर त बाँच्नु छ र कति !!


जिउँदै आगोमा जल्नुको कति हुन्छ पिडा ! 
समयमै जिवनले किन लिएन बिदा !!
Read more »