Sunday, September 18, 2011

म एक जिवित हुँ...
म एक प्रेमी हुँ...
म त्यो मान्छे हुँ जो अरुलाई दु:ख दिदाँ आफु खुसी हुन्छ...
म सबैतिर भौँतारिने एक अदृश्य शक्ति हुँ...
म ति आमा हुँ जसले जेल गएको आफ्नो छोरोलाई अंगाल्न सकिन...
म त्यो बालक हुँ जो अरु भन्दा फरक भएको कारणले एक्ल्याईन्छु...
म त्यो बालक हुँ जो आफन्तबाट नै भुलिएको छ...

म त्यो केटी हुँ जो हरेक रात सिरानी भिजाउँछे,
यही सोचमा कि ऊ अझ राम्री हुनपर्थ्यो...
म त्यो पुरुष हुँ जो आफ्नो इच्छा मारेर,
अरुको इच्छा बचाउँन हरपल जिउन खोज्छ...
म त्यो छोरो हुँ जो ११बर्षको उमेरमा भाँडा माझ्दैछु,
यही कारण कि मेरा बाबा अपाहिज छन्...
म त्यो व्यक्ति हुँ जो बाँच्छ,
किनकी ऊ मृत्युपछिको दुनियासँग डराउँछ...
म त्यो नारी हुँ जो हरेक दिन पिटीन्छे,
किन उसको हेराई श्राप ठानिन्छ...
म त्यो मानिस हुँ जसले बाँच्नलाई कुकर्म गर्न पर्‍यो...
अनि त्यही कारणले समाजले उसलाई अलग्यायो...

म एक टुक्रा हुँ... म सिंगो संसार हुँ...
म एक नायक हुँ... म एक खलनायक हुँ...
म एक पोषक हुँ... म एक शोषक हुँ...
म एक योग्य हुँ... म एक सहिद हुँ...
म एक दु:खी हुँ... म एक सन्तुष्टि हुँ...
म आशा गर्छु...म थिचिन्छु...
म सपना देख्छु... म एक्ल्याईन्छु...
म दुर्व्यवहारको शिकार हुँ... म भुलिएको बहार हुँ...

म सबैभन्दा फरक हामी सबैको एक प्रतिनिधी हुँ...


(यो रचना एक अंग्रेजी कविताको अनुवाद हो...  अनुवादकको हक हो जस्तो लागेर केही पंक्तिको स्थान अनि शब्दहरु पनि परिवर्तन गरिएको छ... )
Read more »