Wednesday, December 7, 2011

धुमलिएको छ आँखा, बाटो भेटिन्न


हार मानि जीवनयात्रा बिसाउँ त भन्दा,
मेरो जीवन बाँचिदिने,साटो भेटिन्न ।।।

दु:ख हो जीवन भनी कहिले रोएँ र खै,
आँशु बग्ने आँखामा टाटो भेटिन्न ।।।

आफ्नाले दिएका घाऊ होलान् अनगिन्ती,
खोतली हेर मलाई तर,खाटो भेटिन्न ।।।

सफलता खोज्दै परदेशी हुँदाखेरी,
टिका लगाउने आफ्नो माटो भेटिन्न ।।।

गन्तब्य टाढा लिएको एक्लो यात्री म,
धुमलिएको छ आँखा, बाटो भेटिन्न ।।।

No comments:

Post a Comment