Tuesday, December 1, 2009

यस्तै गरी तिम्रो मेरो, सम्बन्ध चल्छ कहाँ

यस्तै गरी तिम्रो मेरो, सम्बन्ध चल्छ कहाँ !
अन्न नै नहुँदा आगो, चुलोमा बल्छ कहाँ !!

आँशु मात्र दिन्छौ तिमी, खुशी कहाँ बाँड्छौ खै !
कागतीको बोटमा मिठो, सुन्तला फल्छ कहाँ !!

कसरी सहनु तिम्रा चोट, अशक्त भैसकेँ म !
जड रहने  वृक्षले कसैको, प्रहार छल्छ कहाँ !!

गल्ती तिम्रै दोष किन, देखाउँछौ अर्काको !
सार्कीले सराप्दैमा, मोटो गाइ ढल्छ कहाँ !!

अझै किन घमण्ड देखाउँछौ, तिमी मेरो भनेर !
हात घोट्दा ढुङ्गा जस्तो, झिल्को जल्छ कहाँ !!

1 comment:

  1. आँशु मात्र दिन्छौ तिमी, खुशी कहाँ बाँड्छौ खै
    कागतीको बोटमा मिठो, सुन्तला फल्छ कहाँ
    kina hola yo line khub man paryo ta ...

    ReplyDelete