Thursday, December 3, 2009

नग्नता (अनुवादित)

"With Lot of Thanks to The Unknown Original Author"

म भन्छु, नग्नता त्यो होइन जुन तिमीले चिन्यौ,मेरा साथी .
जुन तिमीले मेरो निर्वस्त्र छालालाई अर्थ्याउँछौ ।
तिमीले फगत् मेरा निर्वस्त्र छाला मात्र देख्छौ ।
र मेरा छाला नङ्याउने तत्व चिन्दैनौ
र कारण खोज्दैनौ
र जे देख्नु थियो त्यो देख्न चाहँदैनौ ।
मेरा निर्वस्त्र छालालाइ निन्दा गर्छौ अनि सताउँछौ
मेरा निर्वस्त्र छाला
जसलाइ तिमीले भनेका छौ
"नग्नता" ।।


तिमीले त्यही हेर्‍यौ, जुन अरुले हेरे
र देख्न चाहेनौ जुन देख्नु पर्थ्यो ।
जुन देख्नु पर्थ्यो-"त्यो सत्य"
किनभने तिमी
त्यही मान्छे हौ जो-
जो आकाश होइन चट्याङ्लाइ सराप्छन्  ।।


तिम्रो आँखामा म नग्न छु
मेरो आँखामा होइन ।।


किनभने म माथि उठेका औँलाहरु तिनै हुन्
जसले मेरो छाला  चिथोरे ।।


किनभने मलाई आज सराप्ने मुख तिनै हुन्
जसले मेरो शरीरको चोक्टा चोक्टा लुछ्यो ।।


किनभने आज मलाई वीभत्स देख्ने आँखा तिनै हुन्
जसले मेरो चोक्टा-चोक्टामा खुशी भेट्यो ।।


त्यसैले म सोध्छु, नग्न को छ??
ति औँलाहरु?, त्यो मुख?, ति आँखाहरु? वा मेरो नग्न छाला??


मलाइ आज नचिन्ने आँखाहरु
तिनै हुन् जुन मेरा चोक्टामा रमाए ।।
मलाइ आज गाली गर्ने मुख
तिनै हुन् जसले मलाइ चोक्टा बनाए ।।
म माथि आज उठेका औँलाहरु
तिनै हुन् जसले मेरो चोक्टालाइ मरण सम्म पुर्‍यायो ।।


त्यसैले मेरा साथी,तिमीलाई सोध्छु
तिम्रो आँखामा को चाँहि नग्न हो ??
ति औँलाहरु ??
ति आँखाहरु ??
त्यो मुख ??
वा मेरो उघारो छाला ????

2 comments:

  1. ramro anubad rahe6 kaha bata gareko ho?

    ReplyDelete
  2. somewhere from internet?????
    dont know the actual location/URL and Author

    ReplyDelete