Sunday, January 3, 2010

अचेल किन दिन जस्तो, रात पनि एउटै लाग्छ



अचेल किन दिन जस्तो, रात पनि एउटै लाग्छ !
एकान्त र कोलाहलको, मात पनि एउटै लाग्छ !!

हाँस्न चाहेको हुन्छु सधै, आँसु आफै बगिदिन्छन् !
सुखको अनि दु:खको, खात पनि एउटै लाग्छ !!

जड्याहाको जिन्दगी जस्तो, सधै म पिएकै हुन्छु !
ह्विस्की भनौँ या लोकलको, जात पनि एउटै लाग्छ !!

कसैले देखाएको दया, चोट बनी छातीमा पस्छ !
न्यानो ममता र बिषालु, घात पनि एउटै लाग्छ !!

भिन्नता पाइन्छ भन्छन्, प्रत्येक दुई बस्तुमा !
कोमल फूल अनि झरेको, पात पनि एउटै लाग्छ !!

न जीवनको मुल्य पाएँ,न राखेँ समयको नै !
शुन्य समय र बिहानीको, सात पनि एउटै लाग्छ !!

1 comment: