Sunday, January 3, 2010

मुटुका अनेक बेदना,पोखेर पो के गर्नु


मुटुका अनेक बेदना,पोखेर पो के गर्नु !
भारी छ छाती तर, जोखेर पो के गर्नु !!

सम्झन्छु म झलझल, सँगै बिताएका पलहरु !
थोत्रिएका सबै यादहरु, बोकेर पो के गर्नु !!

रसाउँछन् आँखा अझै, तस्बिर तिम्रो देखेर !
सस्तो भैसक्यो आँसु पनि, रोकेर पो के गर्नु !!

कमजोरी कसको कस्तो भयो,थाहा भएन पहिले !!
टाढिएपछि तिमी टाउको, ठोकेर पो के गर्नु !!

अथाह पिडा मनमै लुके,तिमी टाढा भईदिंदा !
निरर्थक बनेका ति भाव, बोकेर पो के गर्नु !!

No comments:

Post a Comment