Saturday, April 30, 2011

के हो यो जिन्दगी, हार हो कि जीत हो ?

के हो यो जिन्दगी, हार हो कि जीत हो ?
एक्लै बाँच्नेहरुलाई, शत्रु हो कि मीत हो ?

रमाइलोमा बित्छ रे, जीवन धेरैको यहाँ !
आँसु बगाउनेहरुलाई, घाम हो कि शीत हो ?

रहेछन् मानिस धेरै , प्रेम छल्दै हिँड्ने !
धोका भोग्नेहरुलाई, हेला हो कि प्रीत हो ?

आफै अबुझ हुदाँ पनि, सम्झाइने अरुलाई !
सुझाव नबुझ्नेहरुलाई, पीडा हो कि हित हो ?

No comments:

Post a Comment