Thursday, June 2, 2011

श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप !!


पुण्य भनि सहयोग गर्यौ, मानिएछ श्राप !
खुसी बोकी आएको थियौ, ठानिएछ श्राप !!

सुखदु:ख साटोमेलो, जीवन त्यस्तै थियो !
आशिष दियौ बाँच भनि, जानिएछ श्राप !!

आँटेकै थियौ साथ दिन, मेरै गल्ती थियो !
एक्लो पर्दा थाहा पाएँ, तानिएछ श्राप !!

हरेक पाईला साथ हिँड्दै, सपना बुनेछौ !
श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप !!

तस्बिर सौजन्य: गुगल

3 comments:

  1. अरु त बुझेको तर ''श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप '' यो चै बुझ्न सकेन मेरो टाउको ले :)

    ReplyDelete
  2. समी कान्छा लेख्तै गर्नुस ।

    ReplyDelete
  3. @सुमन मञ्जरी: "म श्रापितको कारणले तिमी पनि श्रापित भएछौ !!" भन्न खोजेको !
    @कृष्णपक्ष जी : धन्यवाद ! प्रयास जारी रहनेछ !!

    ReplyDelete