Thursday, July 14, 2011

"सवाल-जवाफ" "च्याट कविता "

यो एउटा सत्य हो जहाँ दुई व्यक्तिका भावहरु "सवाल-जवाफ"को रुपमा छ.... यो बनाइएको पनि होइन र काल्पनिक पनि होइन....
त्यसैले यसलाई च्याट कविता भनियो....

कति बग्छौ अब तिमी,मनको भेलमा???
जहिलेसम्म सकिन्छ, जीवनको खेलमा...

आजको लागी पुग्यो, त्यहाँबाट बाहिर निस्क...
सक्दिन म तिम्लाई थाहा छ,भयो अब नजिस्क...

तिमीले हिम्मत पनि त हार्नु हुन्न...
मैले आँसु पनि त झार्नु हुन्न...

तिमी सधै दुखी रहने, किन मुस्कान छैन...
प्रयास मात्र लाखौ, तर सफलता हैन...

धेरै कुरा रहेछन प्रतिक्षा गर्नुपर्ने...
कुनै कुनै चाहिँ नपाएरै मर्नुपर्ने...

मन थोरै दुखेको छ???
सायद पिडा लुकेको छ...

कुन चोटलाइ, कसरी सहने हो???
सहन सकिन्न, संगै बहने हो...

No comments:

Post a Comment