Saturday, October 15, 2011

हात समाई तरेको सानो, खोली याद आयो...


सुहाउने तिमीलाई त्यो रातो, चोली याद आयो...
कोइली कण्ठ तिम्रो मिठो, बोली याद आयो...

सात सागर पनि अहिले, एक्लै तरी आएँ म...
हात समाई तरेको सानो, खोली याद आयो...

म दु:खी बन्छु कहिले, रुन्छु तिम्रो यादमा...
हामी भेट्ने गरेको बार, भोलि याद आयो...

चाडबाड आउँछ देशमा, परदेशमा के हुन्छ र...
दशैँ-तिहार र छठ अनि, होली याद आयो...

समी कान्छा

No comments:

Post a Comment