Friday, October 28, 2011

दिपावली


दशैँलाई पछ्याउँदै, आउने  दिपावली ...
घर गाउँ गल्लीगल्ली, छाउने  दिपावली...

सजिएर बेहुलीझैँ, आँगन र घर सब...
सयपत्री सिङ्गारिन, पाउने दिपावली...

काग कुकुर गाई गोरु, पुजेर सबैलाई...
सबैबाट मायाप्रेम, पाउने  दिपावली...

लक्ष्मीपुजा सकीएर, मादलु र द्यौसी-भैलो...
मिठो स्वर भैलिनीले, गाउने  दिपावली...

दिदीबैनी दाजुभाई, मिठो सम्बन्ध...
जोगाईदिने मखमली, लाउने  दिपावली...

No comments:

Post a Comment