Saturday, January 14, 2012

मेरो परिचय- व्यर्थको गन्थन


म को हुँ अनि म किन म हुँ??कहिलेकाहीं सोच्ने गरिएको त हो तर पनि कुनै उत्तर भेटेको छैन ! मेरो नाम(बाबाआमाले राखिदिनुभएको)ले मेरो प्रतिनिधित्व गर्दैन भन्ने कुरा थाहा थियो ! त्यसैले अनलाईन दुनियाँमा आफैलाई एउटा छद्म नाम दिएको छु- सामिप्य कान्छा (समी) ! यति भन्नुको अर्थ मैले यो नामले मेरो प्रतिनिधित्व गर्छ भन्न खोजेको होईन तर पनि यो नामसँग अचेल एउटा मोह बसिसकेको छ ! 'सामिप्य', यो मेरो मिल्ने (केटी)साथीले दिएको नाम हो र 'कान्छा', मलाई घरतिर बोलाईने नाम ! मेरो गाउँघरतिर पनि सायदै कम व्यक्ति छन् जसलाई मेरो वास्तविक नाम थाहा छ ! 'सामिप्य' लेख्नको गाह्रोले छद्म नामलाई अझ छद्म गरेर 'समी' बनाएँ ! शेक्सपियरले कतै भनेका छन्- व्हाट इज इन द नेम ?{नाममा आखिर के नै छ र?} (यो भनाईको तल्लोपट्टि उनले आफ्नो नाम किन लेखे त्यति चाही उनैलाई सोध्न पर्ला ! ;) )

अब मेरो घर-ठेगाना, बाबु-बाराजुको नामले आफुलाई चिनाउनु कहाँ मेरो परिचय भयो र ! त्यसैले आफ्नो परिचय दिनु पनि गाह्रै काम रहेछ जस्तो लाग्छ ! कसैले परिचय सोधे आफ्नो नामबाहेक के पो भन्नु र है ???

अँ, अचेल म आफैलाई एउटा ब्लगरको रुपमा भने चिनाउन सक्छु ! व्यवसायिक होईन तर केही कोरकार पारेर आफ्नै एउटा ब्लग खोलेर त्यहाँसम्म राख्ने हुदाँ आफैलाई त्यति परिचय दिएको छु ! "गज़ल" मानिने केही रचना, ३-४ वटा कथा अनि फाट्टफुट्ट कविताहरु छन् त्यसमा ! अब प्रश्न आउन सक्छ "तँ आफैलाई ब्लगर भन्छस् ! तेरो ब्लगका नियमित पाठक कति छन्??" सोझो जवाफ- "होलान्, एकदुई ! जसले मैले भनेको नकार्दैनन् उनीहरुले हेर्छन् !" सत्य हो यो ! फेसबुक र ट्विटरमा नयाँ रचनाको लिंक नराख्दो हुँ त मेरो ब्लगले हप्तामा त के वर्षमा एउटा पाठक पनि पाउँदैन(म आफैबाहेक) ! त्यही राखिएका लिंकमा पनि कति त कसैको आँखा नि पर्दैन ! फेरी पनि म कुनै गुनासो भने गर्दिन है ! कसैले हेर्नु वा नहेर्नु उसको स्वतन्त्रताको कुरा हो नि ! यस अनुच्छेदको सारमा मेरो परिचय भनेको "म एउटा नियमित पाठकबिहिन ब्लगको ब्लगर हुँ" !

ब्लगको कुरासँगै लेख्ने गरेको कुरा पनि निस्कियो ! हो, म लेख्छु ! मनलागेको बेला मनलागेको कुरा मनलागेको जसरी लेख्छु ! कुनै गज़ल बन्लान्, कुनै कथा त कुनै कविता ! कुनै केही बन्न नसकेका रचनाहरु मेरो ल्याप्पी(ल्यापटप)को कुनै फोल्डरभित्र यसले मेरो जिन्दगी आधा-आधी मै सकिदिने भो भनेर मलाई सराप्दै अस्तित्व जोगाएर बसेको होलान् ! तर मेरो क्षमताले सकेको भए पो मैले केही गर्नु त ! मैले सक्ने भए सुरु गर्दा नै पुरा गर्ने थिएँ होला नि ! ति अपुरा रचनाहरुको माया लाग्छ ! सोच्छु "बिचरा मेरा सन्तानहरु, म रहँदा-रहँदै टुहुरो भए !" जे होस् यस अनुच्छेदको सारमा लाग्छु "म कसैले नपढ्ने ब्लगको सामग्री जुटाउने एउटा रचनाकार पनि हुँ"!

आजको परिचय यति मै सिमित राखौं ! अरु केही नयाँ परिचय भेटें भने सायद फेरी लेखौंला !
अहिलेलाई, जदौ नमस्कार !
Read more »

Wednesday, January 11, 2012

लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !


लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !
तिम्रो जस्तै प्रगतिपथमा, बढ्ने कति छन् !!

आदर्श तिम्रा जति छन्, देखाऊ सबैसामु !
तिम्रो एक इशारामा, लड्ने कति छन् !!

सहज भविष्यको आशमा, एक्जुट् हुदाँ सबै !
विद्रोहको ज्वालाबिच, डढ्ने कति छन् !!

गुम्सिएका विचारहरु, खुला हुन्छन् जब !
सपनाका महलहरु, जड्ने कति छन् !!

सपना पुरा गर्नलाई, देखाउँछौ बाटो जब !
सफलताको चुचुरोमा, चढ्ने कति छन् !!





Read more »

Monday, January 9, 2012

आँसुबिना बिताईएको, कुनै रात रहेन ...


आँसुबिना बिताईएको, कुनै रात रहेन ...
वियोग आँसु पुछिदिने, कुनै हात रहेन !!

लड्न खोज्दा भिरमा, गुहार कति गरेँ ...
रमितेको भिडमा थिएँ , कुनै साथ रहेन !!

जसोतसो खडा भएँ, अनेक प्रयास गरेर ...
"सक्छस् तँ"प्रेरणाको, कुनै बात रहेन !!

थाकें बिस्तारै सबैदेखि, एक्लिने निधो भो' ...
मनमा तब पिडा नामको, कुनै जात रहेन !!






Read more »