Wednesday, January 11, 2012

लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !


लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !
तिम्रो जस्तै प्रगतिपथमा, बढ्ने कति छन् !!

आदर्श तिम्रा जति छन्, देखाऊ सबैसामु !
तिम्रो एक इशारामा, लड्ने कति छन् !!

सहज भविष्यको आशमा, एक्जुट् हुदाँ सबै !
विद्रोहको ज्वालाबिच, डढ्ने कति छन् !!

गुम्सिएका विचारहरु, खुला हुन्छन् जब !
सपनाका महलहरु, जड्ने कति छन् !!

सपना पुरा गर्नलाई, देखाउँछौ बाटो जब !
सफलताको चुचुरोमा, चढ्ने कति छन् !!





No comments:

Post a Comment