Friday, July 23, 2010

सामीप्य कान्छा: म देख्छु मेरो देश...

म देख्छु मेरो देश...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...

पहिले खाडल बाट निकाल्ने हरु...
कोही थला परेका छन्...
कोही बसाई सरेका छन्...
अनि जो रमिता हेर्दै थिए...
उनीहरु "ठुला" भएका छन्...
त्यसैले सायद मेरो देश...
आँसु बगाउँदै...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...

मेरो देशको इतिहासमा...
युद्धको दाग लाग्यो...
सत्ताको लुछाचुडी...
कुर्सीको भाग लाग्यो...
पिडा सहन नसकेरै सायद...
आलो चोट समाउँदै मेरो देश...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...


आज कसैले सुनाएको एउटा वाक्य "नेपालमा थोरै मात्र नराम्रा(खराब) मान्छे छन्... अनि दु:खद कुरा नेपालको प्रतिनिधित्व गर्ने तिनै थोरै भित्र पर्छन..."
Read more »

Sunday, June 27, 2010

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो  डराएर, पागल भएँ म...
चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...
बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...
लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...
एक्लै मात्र कराएर, पागल भएँ म...
आँसु बग्न खोज्दा, रोकिदिन खोजें...
आँखा मात्र भराएर, पागल भएँ म...
केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो... बयान गर्न सक्दिन... आज खै किन आफ्ना तिन सेर थपेर यसलाई पुरा गर्ने दुस्साहस गरें... गल्ती भएमा क्षमा....
फेसबुकमा "सुमन मञ्जरी" को सहयोगमा प्रकासित...
Read more »

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...
बिपनीमा छैनौ तिमी, सपनीमा साथ तिम्रो...
सुख दु:ख सबै बाड्ने, बाचा सब खेर गयो...
पिडा मेरो भागमा पार्यौ, खुसियाली हात तिम्रो...
बताएँ  पनि, देखाएँ पनि, साबित गर्न खोजेकै हो...
मेरो माया बुझेनौ सायद, निर्मोहीको जात तिम्रो...
तिमीसंग छुटेपछि, अन्धकारमै बित्छ समय...
कालो छ दिन मेरो, पुर्णिमाको रात तिम्रो...
Read more »

कालो दिन अनि कालै छ छाया...

कालो दिन अनि कालै छ छाया...
कालो मनमा कालै छ माया...

जब एकातिर मात्र हुन्छ दियालो...
छायाले आफ्नो रुप लिन्छ...
तर जब चौतर्फी दियालोले...
भरिन्छ कसैको जिन्दगी...
उसको छाया ले रुप फेर्छ...
अनि खोज्छ अझ धेरै प्रकाशहरु...

खै किन यस्तो हो...
किन भनिन्छ यस्तो झुठ कि...
सकिन्न छायाको रुप बदल्न...
जब प्रकाशको स्थान फेरिन्छ...
छाया आफै बदलिदै जान्छ...
अनि संगै बदलिन्छन....
ती छायाका शरीरहरू...

कालो दिन अनि कालै छ छाया...

कालो मनमा कालै छ माया...
Read more »

थोरै राजनीति

अब देखि तँलाई, भोट दिने को???
भ्रष्टाचारी तँलाई, नोट दिने को???

अझ आईस् चुनाव भन्न, उत्तर दे एउटा...
पदमा हुँदा हामीलाई, चोट दिने को???

बजेट खल्तीमा हालिस् विकाश चाहीँ शुन्य
तेरै गल्तीमा हामीलाई खोट दिने को???

इमान जमान बेचिस् धनी देखिन भनी...
लाज ढाक्न तँलाई, कोट दिने को???

विदेशभ्रमण सुखसयल, मात्र सोच्ने तँ...
कर्म-विज नरोप्नेलाई, बोट दिने को???
Read more »

आमासंग माफी

हे आमा! म हारें, लड्न सकिन...
म आफ्नै पथमा, बढ्न सकिन...

उखेलेर फेकिदिए, मेरा सपनाहरु...
पापीहरु विरुद्ध, अड्न सकिन...

उकालो लाग्दैथियो, सपना  मेरो...
इर्ष्या रैछ तिनमा, पढ्न सकिन...

धोकाको पर्खाल, मेरो सामु बनाई...
खुट्टा तान्दै थिए, चढ्न सकिन...

उचाई त पक्कै पाउँथे , इमान गुमाएर...
म तिनीहरु जस्तै, सड्न सकिन...

सफलता नपाई "सामीप्य"मा हुन्न...
यसैपाली तिम्रो खुशी, जड्न सकिन...
Read more »

सफल बन्ने चाहना राख्ने पनि मानिस...

सफल बन्ने चाहना राख्ने पनि मानिस...
आफ्नै पसिनाको स्वाद चाख्ने पनि मानिस...
प्रगति पथमा अघि बढ्दा-बढ्दै...
अनायासै रोकिएर थाक्ने पनि मानिस...
थोरै थकान घटी आस देखिएपछी...
त्यसै त्यसै एक्कासी जाग्ने पनि मानिस...
भाग्यमा भर परी काम नगर्न....
कर्मको पथबाट भाग्ने पनि मानिस...
सामीप्य कान्छा
Read more »

सकेसम्म त रोकिन्छ...तैपनि आँसु पोखिन्छ...

सकेसम्म त रोकिन्छ...
तैपनि आँसु पोखिन्छ...

आँखा खुल्लै हुन्छन...
तैपनि पाइला ठोकिन्छ...

कसैलाई बुझ्न नखोजी...
त्यसै गोडा ढोगिन्छ...

कसको सम्मान कति...
त्यही मात्र जोखिन्छ ...
Read more »

Sunday, June 20, 2010

म पातै सहितको हाँगो भाँचिदिन्छु ....

म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...

जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...

साटेर जीवन बाँचेको  पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...

झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....

'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....
Read more »