Sunday, June 27, 2010

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...
बिपनीमा छैनौ तिमी, सपनीमा साथ तिम्रो...
सुख दु:ख सबै बाड्ने, बाचा सब खेर गयो...
पिडा मेरो भागमा पार्यौ, खुसियाली हात तिम्रो...
बताएँ  पनि, देखाएँ पनि, साबित गर्न खोजेकै हो...
मेरो माया बुझेनौ सायद, निर्मोहीको जात तिम्रो...
तिमीसंग छुटेपछि, अन्धकारमै बित्छ समय...
कालो छ दिन मेरो, पुर्णिमाको रात तिम्रो...

1 comment:

  1. तिमीसंग छुटेपछि, अन्धकारमै बित्छ समय...
    कालो छ दिन मेरो, पुर्णिमाको रात तिम्रो...
    yo bishes man paryo hai malai ta ...

    ReplyDelete