हे आमा! म हारें, लड्न सकिन...
म आफ्नै पथमा, बढ्न सकिन...
उखेलेर फेकिदिए, मेरा सपनाहरु...
उखेलेर फेकिदिए, मेरा सपनाहरु...
पापीहरु विरुद्ध, अड्न सकिन...
उकालो लाग्दैथियो, सपना मेरो...
उकालो लाग्दैथियो, सपना मेरो...
इर्ष्या रैछ तिनमा, पढ्न सकिन...
धोकाको पर्खाल, मेरो सामु बनाई...
खुट्टा तान्दै थिए, चढ्न सकिन...
उचाई त पक्कै पाउँथे , इमान गुमाएर...
म तिनीहरु जस्तै, सड्न सकिन...
सफलता नपाई "सामीप्य"मा हुन्न...
यसैपाली तिम्रो खुशी, जड्न सकिन...
No comments:
Post a Comment