Saturday, January 14, 2012

मेरो परिचय- व्यर्थको गन्थन

म को हुँ अनि म किन म हुँ??कहिलेकाहीं सोच्ने गरिएको त हो तर पनि कुनै उत्तर भेटेको छैन ! मेरो नाम(बाबाआमाले राखिदिनुभएको)ले मेरो प्रतिनिधित्व गर्दैन भन्ने कुरा थाहा थियो ! त्यसैले अनलाईन दुनियाँमा आफैलाई एउटा छद्म नाम दिएको छु- सामिप्य कान्छा (समी) ! यति भन्नुको अर्थ मैले यो नामले मेरो प्रतिनिधित्व गर्छ भन्न खोजेको होईन तर पनि यो नामसँग अचेल एउटा मोह बसिसकेको छ ! 'सामिप्य', यो मेरो मिल्ने (केटी)साथीले दिएको नाम हो र 'कान्छा', मलाई घरतिर बोलाईने नाम...
Read more »

Wednesday, January 11, 2012

लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् !

लेखी हेर तिम्रो कहानी, पढ्ने कति छन् ! तिम्रो जस्तै प्रगतिपथमा, बढ्ने कति छन् !! आदर्श तिम्रा जति छन्, देखाऊ सबैसामु ! तिम्रो एक इशारामा, लड्ने कति छन् !! सहज भविष्यको आशमा, एक्जुट् हुदाँ सबै ! विद्रोहको ज्वालाबिच, डढ्ने कति छन् !! गुम्सिएका विचारहरु, खुला हुन्छन् जब ! सपनाका महलहरु, जड्ने कति छन् !! सपना पुरा गर्नलाई, देखाउँछौ बाटो जब ! सफलताको चुचुरोमा, चढ्ने कति छन् !! ...
Read more »

Monday, January 9, 2012

आँसुबिना बिताईएको, कुनै रात रहेन ...

आँसुबिना बिताईएको, कुनै रात रहेन ... वियोग आँसु पुछिदिने, कुनै हात रहेन !! लड्न खोज्दा भिरमा, गुहार कति गरेँ ... रमितेको भिडमा थिएँ , कुनै साथ रहेन !! जसोतसो खडा भएँ, अनेक प्रयास गरेर ... "सक्छस् तँ"प्रेरणाको, कुनै बात रहेन !! थाकें बिस्तारै सबैदेखि, एक्लिने निधो भो' ... मनमा तब पिडा नामको, कुनै जात रहेन !! ...
Read more »

Wednesday, December 7, 2011

धुमलिएको छ आँखा, बाटो भेटिन्न

हार मानि जीवनयात्रा बिसाउँ त भन्दा, मेरो जीवन बाँचिदिने,साटो भेटिन्न ।।। दु:ख हो जीवन भनी कहिले रोएँ र खै, आँशु बग्ने आँखामा टाटो भेटिन्न ।।। आफ्नाले दिएका घाऊ होलान् अनगिन्ती, खोतली हेर मलाई तर,खाटो भेटिन्न ।।। सफलता खोज्दै परदेशी हुँदाखेरी, टिका लगाउने आफ्नो माटो भेटिन्न ।।। गन्तब्य टाढा लिएको एक्लो यात्री म, धुमलिएको छ आँखा, बाटो भेटिन्न ...
Read more »

Monday, December 5, 2011

नारायण गोपाल स्मृति....

स्वर सम्राट "नारायण गोपाल"का ९२ गीतहरु.....
Read more »

Friday, October 28, 2011

दिपावली

दशैँलाई पछ्याउँदै, आउने  दिपावली ... घर गाउँ गल्लीगल्ली, छाउने  दिपावली... सजिएर बेहुलीझैँ, आँगन र घर सब... सयपत्री सिङ्गारिन, पाउने दिपावली... काग कुकुर गाई गोरु, पुजेर सबैलाई... सबैबाट मायाप्रेम, पाउने  दिपावली... लक्ष्मीपुजा सकीएर, मादलु र द्यौसी-भैलो... मिठो स्वर भैलिनीले, गाउने  दिपावली... दिदीबैनी दाजुभाई, मिठो सम्बन्ध... जोगाईदिने मखमली, लाउने  दिपावली....
Read more »

Saturday, October 15, 2011

हात समाई तरेको सानो, खोली याद आयो...

सुहाउने तिमीलाई त्यो रातो, चोली याद आयो... कोइली कण्ठ तिम्रो मिठो, बोली याद आयो... सात सागर पनि अहिले, एक्लै तरी आएँ म... हात समाई तरेको सानो, खोली याद आयो... म दु:खी बन्छु कहिले, रुन्छु तिम्रो यादमा... हामी भेट्ने गरेको बार, भोलि याद आयो... चाडबाड आउँछ देशमा, परदेशमा के हुन्छ र... दशैँ-तिहार र छठ अनि, होली याद आयो... समी कान्...
Read more »

Sunday, September 18, 2011

म एक जिवित हुँ... म एक प्रेमी हुँ... म त्यो मान्छे हुँ जो अरुलाई दु:ख दिदाँ आफु खुसी हुन्छ... म सबैतिर भौँतारिने एक अदृश्य शक्ति हुँ... म ति आमा हुँ जसले जेल गएको आफ्नो छोरोलाई अंगाल्न सकिन... म त्यो बालक हुँ जो अरु भन्दा फरक भएको कारणले एक्ल्याईन्छु... म त्यो बालक हुँ जो आफन्तबाट नै भुलिएको छ... म त्यो केटी हुँ जो हरेक रात सिरानी भिजाउँछे, यही सोचमा कि ऊ अझ राम्री हुनपर्थ्यो... म त्यो पुरुष हुँ जो आफ्नो इच्छा मारेर, अरुको इच्छा बचाउँन हरपल जिउन...
Read more »

Sunday, August 21, 2011

Darkness does not exist !!

A University professor at a well known institution of higher learning challenged his students with this question. "Did God create everything that exists?" A student bravely replied, "Yes he did!" "God created everything?" The professor asked. "Yes sir, he certainly did," the student replied. The professor answered, "If God created everything; then God created evil. And, since evil exists, and according to the principle that our works define who...
Read more »