Wednesday, June 2, 2010

तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...

 
तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...
तिमीले गाउने मधुर गीतको, मिठास कहाँ छ...
 
आफ्नै आँगन बिरानो छ, टाढा आफ्नो ठाउँ...
कुन सोचमा तिमी भन्छौ, प्रवास कहाँ छ...
 
बिहानीको सुनौलो घाम, अन्जान भएको छ...
आफ्नै धर्ती, आफ्नै लाग्ने आकाश कहाँ छ....
 
चन्द्र सुर्य झण्डा छैन, डाँफे टाढा छ...
तिम्रो शिरमा सजिने गुराँसको, सुवाश कहाँ छ...
 
टाढाको संसारमा बसेर, आफैलाई भुल्नु पर्दा...
मेरो स्वतन्त्रता मेरो स्वाधीनता, जवाफ कहाँ छ...
 
मानिस हुँ - संसार पाउने, मेरो पनि चाह छ....
पानी बनि आगोमा हिड्ने, साहस कहाँ छ...
Read more »

कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...

कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...
तापनि देख्दामा कति, बाठो छन् मान्छेहरु...
 
आफैमा लुकेका सत्यताको, भावहरु खोलिंदा ...
लाजले नै कति धेरै, रातो छन् मान्छेहरु...
 
अनेक प्रयास गरिगरि, ढुंगासरह भए नि...
भित्र भने मलिलो, माटो छन् मान्छेहरु...
 
चोट केहि मलाई  छैन, भन्दै गरे पनि...
मनभित्र लुकाएका, खाटो छन् मान्छेहरु...
 
अरुलाई हेला गर्दै आफु कहाँ हाँस्छ र...
जे पिस्दा नि घर्सने, जाँतो छन् मान्छेहरु...
 
रातभर प्रियसीको, पर्खाइमा बस्नुपर्दा...
सुनसान रातको झैं, बाटो छन् मान्छेहरु...
Read more »

Saturday, May 22, 2010

UNCOMPLETE

जीवन जिउने चाहनामा, कति पटक मरें म...
सितल पाउने बहानामा, कति पटक जलें म...

छाडीगए पनि तिमी, मलाई भने आशा थियो...
कुर्छु सधैं तिमीलाई भन्थे, कति पाइला सरें म...
Read more »

Monday, May 17, 2010

दु:खहरुलाई गाउनेछु , गीत बनाएर...

दु:खहरुलाई गाउनेछु ,  गीत बनाएर....
हारहरुलाई जिउनेछु ,   जित बनाएर....

झुठ कपट हेला, छल भरिएको संसारमा....
घृणाहरुलाई झेल्नेछु, प्रित बनाएर....

चोट दिन्छन  सबै मलाई, दुश्मन अरे म....
शत्रुहरुलाई भुलाउनेछु, मित बनाएर....

अरुको  गलत चिताउनु, मानिसको स्वभाव भयो....
कुभलोहरुलाई सहनेछु, हित बनाएर....

बन्धन देख्छु जताततै, मुक्ति कहिँ छैन...
स्वतन्त्रताहरुलाई पाउनेछु,   रित बनाएर...
Read more »

हे बाबा, हे आमा, आशिर्वाद देऊ मलाई...

हे बाबा, हे आमा, आशिर्वाद देऊ मलाई...
जनम भरको लागी हुने, साथ देऊ मलाई...
 
आफ्नो काम पुरा गर्ने, आत्मविश्वाश त छ...
तर साथी काम गर्ने, आँट देऊ मलाई...
 
आजै नभए भोली त, पक्कै सफल हुनेछु...
सफलताको झण्डा फहिराउने, हात देऊ मलाई...
 
कुनै मानिस एक्लै खुसी, कहाँ रहन सक्छ...
मित्र अनि आफन्तको, खात देऊ मलाई...

एक्लै बाँच्न खोज्थेँ सधैँ, अब सायद सक्दिन...
माया, ममता र स्नेहको, मात देऊ मलाई...
Read more »

Saturday, May 15, 2010

MUKTAK???? GAZAL???

मेरो रहरले होइन, परेर जबरजस्तीमा....
म आफै बहुलाएछु, यो पागलको  बस्तीमा....
आफै राम्रो आफै जान्ने, ठुलो पनि आफै नै....
अनुशासन नै देख्दिन, ती कहलिएका हस्तीमा....
अत्यास लाग्दो यो यात्रा एक्लै कति हिड्ने हो???
मेरो विरुद्ध सारा दुनिया को कोसंग भिड्ने हो????
Read more »

Tuesday, April 27, 2010

रातका ताराहरु अनि जीवनको लक्ष्य

अचेल रातमा ताराहरु हेर्ने बानी जस्तो भएको छ.... राम्रा देखिन्छन्.... सोच्न बाध्य बनाउँछ कि "त्यहाँ को जीवन कति सुन्दर अनि मनोरम होला???? म पनि त्यतै कहीँ आफ्नो संसार सजाउन पाए.... " 
अनि फेरि याद आउँछ "तर त्यहाँ पुग्ने कसरी????" 
सबै लक्ष्यहरु साना हुन् या ठुला - तिनै ताराजस्तो लाग्दैछन्.... लक्ष्यहरु प्रष्ट देखिएका छन्.... वर्षात सकिएको रातमा जस्तै.... लक्ष्यमा पुगेको समय सोच्छु.... कति मनोरम होला.... तर लक्ष्यहरुमा पुग्ने बाटोको कमी महसुस भईरहेछ....

प्रगतिपथमा लम्किन चाहने मेरा पाईलाहरु यसरी कुँजिदै गएका छन् कि सायद कुनै दिन मैले त्यो बाटो भेटेँ भने पनि हिँड्न असमर्थ हुनेछु.... अनि बाध्य हुनेछु आफ्नै धर्तीमा रमाउन....
Read more »

Monday, April 26, 2010

A Big VOID and a Big Emptiness....

संसार एउटा ठुलो शुन्य... अनि मन भित्र त्यो शुन्य भन्दा ठुलो शुन्यता... 
त्यही शुन्यतामा पनि...
सासहरु हराईरहेछन्... खोज्न जाने बाटो पनि देख्दिन... 
पुराना चोटहरुले पीडा थप्दैछन्... ओखती भेटेको छैन... 
सपनाहरु धेरै देखिन्छन्... सम्झिने क्षमता छैन... 
वरिपरि डढेलो देखिन्छ... निभाउने चाहना छैन... 


यहि हुन नहुने तर भईरहेका... अनि यहि हुनपर्ने तर नभईरहेका कार्यहरुलाई अहिले एउटै वाक्यमा भन्ने प्रयास----
अहिलेको समय A Big VOID and a Big Emptiness....
Read more »

Thursday, March 11, 2010

तिमी बिना बाँच्न सकिन्छ

नबगाए आँसुका थोपा, आँखाभित्र साँच्न सकिन्छ ! 
संघर्ष मात्र गर्‍यो भने, तिमीबिना बाँच्न सकिन्छ !! (१२)

तिरस्कार अहिल्यै गरिन, अझै केही बेर लाग्छ ! 
थोरै माया दिई फेरि, तिमीलाई जाँच्न सकिन्छ !! (२२)
Read more »