कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...
तापनि देख्दामा कति, बाठो छन् मान्छेहरु...
आफैमा लुकेका सत्यताको, भावहरु खोलिंदा ...
लाजले नै कति धेरै, रातो छन् मान्छेहरु...
अनेक प्रयास गरिगरि, ढुंगासरह भए नि...
भित्र भने मलिलो, माटो छन् मान्छेहरु...
चोट केहि मलाई छैन, भन्दै गरे पनि...
मनभित्र लुकाएका, खाटो छन् मान्छेहरु...
अरुलाई हेला गर्दै आफु कहाँ हाँस्छ र...
जे पिस्दा नि घर्सने, जाँतो छन् मान्छेहरु...
रातभर प्रियसीको, पर्खाइमा बस्नुपर्दा...
सुनसान रातको झैं, बाटो छन् मान्छेहरु...
No comments:
Post a Comment