Wednesday, June 2, 2010

तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...

 
तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...
तिमीले गाउने मधुर गीतको, मिठास कहाँ छ...
 
आफ्नै आँगन बिरानो छ, टाढा आफ्नो ठाउँ...
कुन सोचमा तिमी भन्छौ, प्रवास कहाँ छ...
 
बिहानीको सुनौलो घाम, अन्जान भएको छ...
आफ्नै धर्ती, आफ्नै लाग्ने आकाश कहाँ छ....
 
चन्द्र सुर्य झण्डा छैन, डाँफे टाढा छ...
तिम्रो शिरमा सजिने गुराँसको, सुवाश कहाँ छ...
 
टाढाको संसारमा बसेर, आफैलाई भुल्नु पर्दा...
मेरो स्वतन्त्रता मेरो स्वाधीनता, जवाफ कहाँ छ...
 
मानिस हुँ - संसार पाउने, मेरो पनि चाह छ....
पानी बनि आगोमा हिड्ने, साहस कहाँ छ...

No comments:

Post a Comment