Thursday, June 3, 2010

पिर अनि चिन्ताका, भारी बोकिरहेछु...

पिर अनि चिन्ताका, भारी बोकिरहेछु...
सहने क्षमता कति?, त्यही जोखिरहेछु....
 
फेरी नउदाउने गरि, अस्ताए छ घाम...
अन्धकार जीवनमा, दियालो खोजिरहेछु...
 
को छन् र बुझिदिने, मेरो विचारहरु...
क्लिष्ट मानिएका भाव, किन पोखिरहेछु...
 
एक्लो बने संसारमा, अलग विचार बोक्दा...
समाज सापेक्ष आफै, बदलिने सोचिरहेछु...
 
जिउनुको नयाँ आश, तिमीले दिएपछि...
मर्न खोज्ने मनलाई, मैले रोकिरहेछु...
 
भित्र पस्ने बाटो बन्द, तिमीले गरेदेखि...
छिर्न खोज्ने मनलाई, मैले रोकिरहेछु...
 
Read more »

Wednesday, June 2, 2010

हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...

हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...
सपनीमा रम्दा रम्दै, मक्किएछ थाहा भएन...
 
मैले पाएका  चोट सबै, भुलेर नै बाँच्दै थिएँ... 
लुकाउन खोजेको आँसु, छल्किएछ थाहा भएन...
 
कस्तो कठोर प्रहार तिम्रो, सहें झैँ लागेथ्यो...
चल्दा चल्दै मेरो मुटु, टुक्रिएछ थाहा भएन...
 
पर्खाल बनाए झैँ लागेथ्यो, कालसंग टाढा रहने...
कहिले त्यस्तो बाढी आई, भत्किएछ थाहा भएन...
 
बिताउदै थिए झैँ ठान्थें, जसोतसो मेरा दिन...
तिम्रो  हातको आगो लागी, सल्किएछ थाहा भएन...
Read more »

गुमनाम नभई चुपचाप हुन

परिस्थितिसंग जुझ्न खोज्दा, कस्तो-कस्तो बिचार हुन्छ....
आँखा त कहिले रोएथ्यो र, आत्मा उसको सधैँ रुन्छ....

गुमनाम कोही किन हुन्छ, साथ दिने कोही नहुदा....
अन्धकार रातलाई साथ दिने, तारा अनि जून छ....

गुमनाम नभई चुपचाप हुन, सायद बाध्यता कुनै छ....
उसले नबोले नि तिमी बुझ, यसले उसको मुटु छुन्छ....
Read more »

तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...

 
तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...
तिमीले गाउने मधुर गीतको, मिठास कहाँ छ...
 
आफ्नै आँगन बिरानो छ, टाढा आफ्नो ठाउँ...
कुन सोचमा तिमी भन्छौ, प्रवास कहाँ छ...
 
बिहानीको सुनौलो घाम, अन्जान भएको छ...
आफ्नै धर्ती, आफ्नै लाग्ने आकाश कहाँ छ....
 
चन्द्र सुर्य झण्डा छैन, डाँफे टाढा छ...
तिम्रो शिरमा सजिने गुराँसको, सुवाश कहाँ छ...
 
टाढाको संसारमा बसेर, आफैलाई भुल्नु पर्दा...
मेरो स्वतन्त्रता मेरो स्वाधीनता, जवाफ कहाँ छ...
 
मानिस हुँ - संसार पाउने, मेरो पनि चाह छ....
पानी बनि आगोमा हिड्ने, साहस कहाँ छ...
Read more »

कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...

कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...
तापनि देख्दामा कति, बाठो छन् मान्छेहरु...
 
आफैमा लुकेका सत्यताको, भावहरु खोलिंदा ...
लाजले नै कति धेरै, रातो छन् मान्छेहरु...
 
अनेक प्रयास गरिगरि, ढुंगासरह भए नि...
भित्र भने मलिलो, माटो छन् मान्छेहरु...
 
चोट केहि मलाई  छैन, भन्दै गरे पनि...
मनभित्र लुकाएका, खाटो छन् मान्छेहरु...
 
अरुलाई हेला गर्दै आफु कहाँ हाँस्छ र...
जे पिस्दा नि घर्सने, जाँतो छन् मान्छेहरु...
 
रातभर प्रियसीको, पर्खाइमा बस्नुपर्दा...
सुनसान रातको झैं, बाटो छन् मान्छेहरु...
Read more »

Saturday, May 22, 2010

UNCOMPLETE

जीवन जिउने चाहनामा, कति पटक मरें म...
सितल पाउने बहानामा, कति पटक जलें म...

छाडीगए पनि तिमी, मलाई भने आशा थियो...
कुर्छु सधैं तिमीलाई भन्थे, कति पाइला सरें म...
Read more »

Monday, May 17, 2010

दु:खहरुलाई गाउनेछु , गीत बनाएर...

दु:खहरुलाई गाउनेछु ,  गीत बनाएर....
हारहरुलाई जिउनेछु ,   जित बनाएर....

झुठ कपट हेला, छल भरिएको संसारमा....
घृणाहरुलाई झेल्नेछु, प्रित बनाएर....

चोट दिन्छन  सबै मलाई, दुश्मन अरे म....
शत्रुहरुलाई भुलाउनेछु, मित बनाएर....

अरुको  गलत चिताउनु, मानिसको स्वभाव भयो....
कुभलोहरुलाई सहनेछु, हित बनाएर....

बन्धन देख्छु जताततै, मुक्ति कहिँ छैन...
स्वतन्त्रताहरुलाई पाउनेछु,   रित बनाएर...
Read more »

हे बाबा, हे आमा, आशिर्वाद देऊ मलाई...

हे बाबा, हे आमा, आशिर्वाद देऊ मलाई...
जनम भरको लागी हुने, साथ देऊ मलाई...
 
आफ्नो काम पुरा गर्ने, आत्मविश्वाश त छ...
तर साथी काम गर्ने, आँट देऊ मलाई...
 
आजै नभए भोली त, पक्कै सफल हुनेछु...
सफलताको झण्डा फहिराउने, हात देऊ मलाई...
 
कुनै मानिस एक्लै खुसी, कहाँ रहन सक्छ...
मित्र अनि आफन्तको, खात देऊ मलाई...

एक्लै बाँच्न खोज्थेँ सधैँ, अब सायद सक्दिन...
माया, ममता र स्नेहको, मात देऊ मलाई...
Read more »

Saturday, May 15, 2010

MUKTAK???? GAZAL???

मेरो रहरले होइन, परेर जबरजस्तीमा....
म आफै बहुलाएछु, यो पागलको  बस्तीमा....
आफै राम्रो आफै जान्ने, ठुलो पनि आफै नै....
अनुशासन नै देख्दिन, ती कहलिएका हस्तीमा....
अत्यास लाग्दो यो यात्रा एक्लै कति हिड्ने हो???
मेरो विरुद्ध सारा दुनिया को कोसंग भिड्ने हो????
Read more »