पिर अनि चिन्ताका, भारी बोकिरहेछु...
सहने क्षमता कति?, त्यही जोखिरहेछु....
फेरी नउदाउने गरि, अस्ताए छ घाम...
अन्धकार जीवनमा, दियालो खोजिरहेछु...
क्लिष्ट मानिएका भाव, किन पोखिरहेछु...
एक्लो बने संसारमा, अलग विचार बोक्दा...
समाज सापेक्ष आफै, बदलिने सोचिरहेछु...
जिउनुको नयाँ आश, तिमीले दिएपछि...
मर्न खोज्ने मनलाई, मैले रोकिरहेछु...
भित्र पस्ने बाटो बन्द, तिमीले गरेदेखि...
छिर्न खोज्ने मनलाई, मैले रोकिरहेछु...