Wednesday, June 2, 2010

हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...

हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...
सपनीमा रम्दा रम्दै, मक्किएछ थाहा भएन...
 
मैले पाएका  चोट सबै, भुलेर नै बाँच्दै थिएँ... 
लुकाउन खोजेको आँसु, छल्किएछ थाहा भएन...
 
कस्तो कठोर प्रहार तिम्रो, सहें झैँ लागेथ्यो...
चल्दा चल्दै मेरो मुटु, टुक्रिएछ थाहा भएन...
 
पर्खाल बनाए झैँ लागेथ्यो, कालसंग टाढा रहने...
कहिले त्यस्तो बाढी आई, भत्किएछ थाहा भएन...
 
बिताउदै थिए झैँ ठान्थें, जसोतसो मेरा दिन...
तिम्रो  हातको आगो लागी, सल्किएछ थाहा भएन...

No comments:

Post a Comment