Saturday, April 30, 2011

के हो यो जिन्दगी, हार हो कि जीत हो ?

के हो यो जिन्दगी, हार हो कि जीत हो ?
एक्लै बाँच्नेहरुलाई, शत्रु हो कि मीत हो ?

रमाइलोमा बित्छ रे, जीवन धेरैको यहाँ !
आँसु बगाउनेहरुलाई, घाम हो कि शीत हो ?

रहेछन् मानिस धेरै , प्रेम छल्दै हिँड्ने !
धोका भोग्नेहरुलाई, हेला हो कि प्रीत हो ?

आफै अबुझ हुदाँ पनि, सम्झाइने अरुलाई !
सुझाव नबुझ्नेहरुलाई, पीडा हो कि हित हो ?
Read more »

Thursday, March 31, 2011

हित रहेन अब ...

मनमा कसैको हित रहेन अब ...
देशकै हारमा जित रहेन अब ...

बलेरै राजनिती दनदनी मुटुमा ...
छाती सेलाउने शीत रहेन अब ...

विकाश रहेन शान्ति शत्रु बन्दा ...
सन्तुष्टि कसैको मित रहेन अब ...

तानातान लुछाचुँड सधैँ त्यही खबर  ...
मेल मिलाप पनि रित रहेन अब ... 
Read more »

Friday, November 5, 2010

दुई टुक्रा...

जब सत्यमाथि दुनियाको, विश्वास रहेन...
सत्यमा नै टिक्ने मेरो, प्रयास रहेन...

सत्य भुलि जब तिनले, झुठ नै पत्याए...
झुठो बोलेको भन्ने मलाई, आभास भएन...




!!!!!!!!!!!!!

को छ र मेरोलागि, रोईदिने यहाँ...
दु:खमा सँगै आँखा, धोइदिने यहाँ...

एकान्तमा हराएरै, बित्दैछ जिन्दगी...
न्यानोपनको आभास दिई, छोईदिने यहाँ...




Read more »

लेख्न नसकिएको व्यथा...

भन्छन् दु:खीको, आशिष लाग्छ रे!!
तिनकै बोलीले, पीडा भाग्छ रे!!

शुभकामना बाँड्न, किन चुक्नु र म!!
रुनेकै बोलीले, लच्छिन् लाग्छ रे!!

Read more »

न तिमी थियौ, न तिम्रो आभास थियो...


न तिमी थियौ, न तिम्रो आभास थियो...
खोजीमा तिम्रो, यो जिउँदो लास थियो...

टाढिएथ्यौ तिमी, मलाई वास्ता नदिई...
प्राप्ती तिम्रो, मात्र एउटा आश थियो...

साधारण तिमी, साधारण नै थिएँ म...
हामीमा केबल, प्रेममात्र खास थियो...


Read more »

Friday, August 20, 2010

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...

"Tulsi 'Ranjat' Maharjan" को सहयोगमा ...

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...    
माफ गर तिमीलाई, माया दिएछु...

सधै सधै  तिमीलाई, साथ दिएथे...
बेकार भयो तिम्रोलागी, जीवन दिएछु..
.
मिठो हासो सबै तिम्रै. पोल्टोमा दिइ ...
आफु हर क्षणै भरी, आँशु पिएछु...

क्षत विक्षत मुटु बोकी, भौतारिदै हराइ...
सारा दु:ख एकै गाँठो, पारी सिएछु...
Read more »

केही टुक्राहरू...

सत्यता बिझाउँछ जब मन कोमल हुन्छ... त्यो ढुङ्गालाई काँडाले कसरी खोच्छ र???

तिनै कहानी सोच्दैछु जुन सुरुवात नभई सकिए...

कठिन छन् यी बाटाहरु र त म हिडिरहेछु...

आफ्नै रहस्यहरुलाई कोट्याउँदै...
Read more »

Friday, July 23, 2010

सामीप्य कान्छा: म देख्छु मेरो देश...

म देख्छु मेरो देश...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...

पहिले खाडल बाट निकाल्ने हरु...
कोही थला परेका छन्...
कोही बसाई सरेका छन्...
अनि जो रमिता हेर्दै थिए...
उनीहरु "ठुला" भएका छन्...
त्यसैले सायद मेरो देश...
आँसु बगाउँदै...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...

मेरो देशको इतिहासमा...
युद्धको दाग लाग्यो...
सत्ताको लुछाचुडी...
कुर्सीको भाग लाग्यो...
पिडा सहन नसकेरै सायद...
आलो चोट समाउँदै मेरो देश...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...


आज कसैले सुनाएको एउटा वाक्य "नेपालमा थोरै मात्र नराम्रा(खराब) मान्छे छन्... अनि दु:खद कुरा नेपालको प्रतिनिधित्व गर्ने तिनै थोरै भित्र पर्छन..."
Read more »

Sunday, June 27, 2010

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो  डराएर, पागल भएँ म...
चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...
बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...
लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...
एक्लै मात्र कराएर, पागल भएँ म...
आँसु बग्न खोज्दा, रोकिदिन खोजें...
आँखा मात्र भराएर, पागल भएँ म...
केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो... बयान गर्न सक्दिन... आज खै किन आफ्ना तिन सेर थपेर यसलाई पुरा गर्ने दुस्साहस गरें... गल्ती भएमा क्षमा....
फेसबुकमा "सुमन मञ्जरी" को सहयोगमा प्रकासित...
Read more »