Sunday, August 21, 2011

सुम्निमा via श्रुति-सम्बेग

"सुम्निमा"
लेखक : विश्वेश्वर प्रसाद कोइराला

भाग - १
Click Here to Download


भाग - २

Click Here to Download

भाग - ३

Click Here to Download


भाग - ४
Click Here to Download


भाग - ५
Click Here to Download


भाग - ६
Click Here to Download


भाग - ७
Click Here to Download


भाग - ८
Click Here to Download
Read more »

Thursday, July 14, 2011

"सवाल-जवाफ" "च्याट कविता "

यो एउटा सत्य हो जहाँ दुई व्यक्तिका भावहरु "सवाल-जवाफ"को रुपमा छ.... यो बनाइएको पनि होइन र काल्पनिक पनि होइन....
त्यसैले यसलाई च्याट कविता भनियो....

कति बग्छौ अब तिमी,मनको भेलमा???
जहिलेसम्म सकिन्छ, जीवनको खेलमा...

आजको लागी पुग्यो, त्यहाँबाट बाहिर निस्क...
सक्दिन म तिम्लाई थाहा छ,भयो अब नजिस्क...

तिमीले हिम्मत पनि त हार्नु हुन्न...
मैले आँसु पनि त झार्नु हुन्न...

तिमी सधै दुखी रहने, किन मुस्कान छैन...
प्रयास मात्र लाखौ, तर सफलता हैन...

धेरै कुरा रहेछन प्रतिक्षा गर्नुपर्ने...
कुनै कुनै चाहिँ नपाएरै मर्नुपर्ने...

मन थोरै दुखेको छ???
सायद पिडा लुकेको छ...

कुन चोटलाइ, कसरी सहने हो???
सहन सकिन्न, संगै बहने हो...
Read more »

Thursday, June 2, 2011

श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप !!


पुण्य भनि सहयोग गर्यौ, मानिएछ श्राप !
खुसी बोकी आएको थियौ, ठानिएछ श्राप !!

सुखदु:ख साटोमेलो, जीवन त्यस्तै थियो !
आशिष दियौ बाँच भनि, जानिएछ श्राप !!

आँटेकै थियौ साथ दिन, मेरै गल्ती थियो !
एक्लो पर्दा थाहा पाएँ, तानिएछ श्राप !!

हरेक पाईला साथ हिँड्दै, सपना बुनेछौ !
श्रापितबाट तिमीलाई नि, तानिएछ श्राप !!

तस्बिर सौजन्य: गुगल

Read more »

Tuesday, May 17, 2011

एक मनोवाद, एक कथा !!

फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला... एकसाँझ यसैमा चल्दै बस्दा एउटा Add Request आयो... नाम थियो - सफल पौडेल ... प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरें... सबै लुकाईएका रहेछन्... मैले करिब २०० friend  Request Pending मा राखेको थिएँ...  खै के सोच्यो मनले त्यो Request Accept गरें... उसको Wall हेर्न थालें... केही गजलका टुक्राहरु अनि घतपर्दा केही वाक्यांश भेटें.. मन बहलाउन सफल रह्यो...

म काबेरी सिग्देल... काठमाडौँनजिकै एउटा गाउँमा हुर्किएकी केटी... १० सम्मको पढाई उतै सकेर काठमाडौँ छिरें... साहित्यमा रमाउँछु त्यसैले कहिले कहिले कोर्ने पनि गर्छु...  योभन्दा बढ़ी आफ्नो परिचय कसरी दिनु? अलमलमा छु...

Wall हेर्दै गर्दा inbox मा मेसेज आयो... सफलको मेसेज रहेछ... "can i add u in yahoo ? " सोचें के गर्ने होला? "sure" लेखेर रिप्लाई गरें... त्यसैबाट सुरु भयो हाम्रो सम्बन्ध... त्यस्तो सम्बन्ध जसले कुनै सम्बोधन पाएन... सम्बन्ध नजिकिने क्रममा नै एकदिन उसलाई प्रश्न गरेको याद आउँछ... "हाम्रो सम्बन्ध के हो?" उसले असरल तरिकामा जवाफ दियो-"यसको जवाफ तिम्रो सोचाई हो... तिमी मलाई प्रेम गर्छौ भने म तिम्रो प्रेमी हुँ... अनि मित्रताले हेर्छौ भने हामी साथी..." त्यसदिनपछि मैले कहिल्यै हाम्रो सम्बन्धको नाम सोचिँन...

पहिलो दिन नै voice chat मा पुग्यौं... ऊ कथा लेख्दै रहेछ... उसले मलाई पढ्न दिँदै लेख्दै गर्यो... कहीँकतै गल्ती भेट्दा सच्याउने गरेँ... कथा सकियो... उसले आफ्नो Facebook मा post गर्यो... केही likes र comments आयो... अर्कोदिन उसले मलाई त्यही कथा मेरो facebook मा राख्न अह्रायो... उसको आग्रह मैले किन अस्वीकार गर्थें र?? उसले यो किन गर्यो मैले अहिले सम्म पनि बुझिन र सोध्ने काम पनि गरिन...

ऊ आफैले आफैलाई अन्तरमुखी भन्न मनपराउँथ्यो... अनि मलाई पनि सधैँ त्यस्तै लाग्यो... मेरो हरेक दु:ख सुनेर सुल्झाउन तत्पर रहने ऊ, आफ्नो कुनै पनि कुरा मलाई बताएन... उसको नराम्रो पक्ष सायद यही हो... एकदिन उसले एउटा तस्बिर देखायो- डरलग्दो चोटको तस्बिर... त्यसको बारेमा केहि सोध्नु भन्दा पहिले नै मलाई नसोध्न भन्यो... उसले त्यति भनेपछि उसलाई सोध्नु पनि व्यर्थ नै थियो किनकी अब उसले त्यसको बारेमा केहि भन्दैन भन्ने थहा थियो... जिद्दीपन उसको स्वभाव नै हो... तर त्यससँगै उसले भन्यो "केही दिनपछि थाहा पाउनेछौ.." केहि हप्तापछि सुनायो त्यो उसको हातमा लागेको चोट रहेछ... अनि यसैबाट नै थाहा पाउन सकिन्छ कि ऊ बोलीको पनि पक्का मान्छे हो... कम बोल्ने अनि बोलेको कुरा हर हालतमा पुरा गर्ने...

सफलसँगको हरेक Chat अथवा कुराकानीले उसप्रतिको आकर्षण बढ्दै थियो... सकेसम्म यो कुरा उसबाट लुकाउनै खोजेको थिएँ तर समय बित्दै रहँदा मैले आफैलाई सम्हाल्न सकिँन र एउटा बेनामी प्रेमपत्र उसको नाममा लेखेँ अनि उसले सधैँ सुन्ने Radio Programमा पठाएँ... उसले सुन्ने कुरामा त म विश्वश्त नै थिएँ... तर मैले नसोचेको कुरा उसले त्यो पत्र मैले लेखेको थाहा पाएछ... यस घटनापछि मैले थाहा पाएँ कि उसलाई अब प्रेममा  विश्वास बाँकी रहेनछ... मानशीसँग उसको पुरानो प्रेमकथा, मानशीले उसलाई दिएको धोका अनि उसले अझसम्म मानशीलाई भुल्न नसकेको कुरा सुनायो...

मानशी गिरी, उनीसँग सफलको भेट एअरपोर्टमा भएको रहेछ... सफलको दाई जापानको भ्रमणमा जानेबेला मानशी पनि उसको दाईसँगै रहेछ... परिचय र फोननम्बर साटासाट भयो... त्यसपछि कुराकानी र भेटघाट बढ्दै गर्दा सफललाई मानशीप्रति प्रेम पनि बढ्दै गयो... सफलले प्रेमप्रस्ताव राख्यो र मानशीबाट पनि सकारात्मक जवाफ पायो... तर केही महिनापनि बित्न नपाउँदै मानशीलाई अर्कै केटा मनपर्ने कुरा थाहापाएछ... त्यसै कारणले उनीहरुको सम्बन्ध टुट्यो अनि सफलको प्रेममाथिको विश्वास पनि...

सफलको कुनै व्यवहारले मलाई उप्रति आकर्षित हुन रोकेन... ऊ त्यस्तै नै थियो... सोधेको कुरा हरेकको प्रतिक्रिया दिन्थ्यो तर आफैलाई खै कता कता लुकाएरै राखेको जस्तो... आफ्नो अगाडि एउटा ऐनासरहको पर्खाल उभ्याएको थियो... जसको पछाडि उभिएर ऊ हरसमय मलाई चिहाईरहन्थ्यो... मेरा हरेक कुरा खोतल्थ्यो... तर जब म उसलाई हेर्न खोज्थेँ, फगत आफ्नै प्रतिबिम्ब मात्र देख्थेँ...

सफल जे थियो अनि जस्तो थियो, ममा ऊप्रतिको आकर्षण बढ्दै नै थियो... उसलाई मेरो बनाउन सक्ने कुनै बाटो बचेको थिएन सायद त्यसैले होला ममा नयाँ रहर पलाउन थाल्यो- सफल जस्तै बन्ने... उसलाई यो कुरा पनि सुनाएँ... उसले नकारीदियो... उसको तर्क थियो "मेरो जिवन बाँच्न सजिलो छैन... र मेरो जस्तै जिवनको भुमरीमा तिमी हिँडेको म हेर्न चाहन्न..." तर मेरो मनले यो कुरा मान्न सकेन... म हरेकढंगमा "सफल"जस्तै बन्ने प्रण मनमनै गरेँ... उसको हरेक बोली र तरिकाहरु पछ्याउन सुरु गरेँ... केहीसमय बितेपछि सफलले ममा आएको परिवर्तनको भान पाएछ... कारण सोध्यो तर भन्ने मन गरेन...

अचेल हामी पहिले जस्तो सँगै छैनौँ... टाढिएकै पनि भन्न सकिन्न तर पहिले जति सामीप्यताको आभाष थियो, त्यो भने कम भएको हो कि जस्तो लाग्छ... यसको कारण के थियो कहिल्यै थाहा पाउन सकिनँ... जतिपटक कारणको बारे सोच्न खोज्छु हरेकपटक उसको भनाई मात्र याद आउँछ अनि मेरो सोच अघि बढ्दैन... उसको भनाई नै त्यस्तै थियो... "हामी अहिले जति नजिक छौ नि, हामी सधैँ त्यति नै नजिक रहन सक्दैनौँ... अनि एउटा कुरा विश्वश्त बस... हामीमा जुन दुरी आउनेछ त्यसको एकमात्र कारण म हुनेछु..."
Read more »

Saturday, April 30, 2011

के हो यो जिन्दगी, हार हो कि जीत हो ?

के हो यो जिन्दगी, हार हो कि जीत हो ?
एक्लै बाँच्नेहरुलाई, शत्रु हो कि मीत हो ?

रमाइलोमा बित्छ रे, जीवन धेरैको यहाँ !
आँसु बगाउनेहरुलाई, घाम हो कि शीत हो ?

रहेछन् मानिस धेरै , प्रेम छल्दै हिँड्ने !
धोका भोग्नेहरुलाई, हेला हो कि प्रीत हो ?

आफै अबुझ हुदाँ पनि, सम्झाइने अरुलाई !
सुझाव नबुझ्नेहरुलाई, पीडा हो कि हित हो ?
Read more »

Thursday, March 31, 2011

हित रहेन अब ...

मनमा कसैको हित रहेन अब ...
देशकै हारमा जित रहेन अब ...

बलेरै राजनिती दनदनी मुटुमा ...
छाती सेलाउने शीत रहेन अब ...

विकाश रहेन शान्ति शत्रु बन्दा ...
सन्तुष्टि कसैको मित रहेन अब ...

तानातान लुछाचुँड सधैँ त्यही खबर  ...
मेल मिलाप पनि रित रहेन अब ... 
Read more »

Friday, November 5, 2010

दुई टुक्रा...

जब सत्यमाथि दुनियाको, विश्वास रहेन...
सत्यमा नै टिक्ने मेरो, प्रयास रहेन...

सत्य भुलि जब तिनले, झुठ नै पत्याए...
झुठो बोलेको भन्ने मलाई, आभास भएन...




!!!!!!!!!!!!!

को छ र मेरोलागि, रोईदिने यहाँ...
दु:खमा सँगै आँखा, धोइदिने यहाँ...

एकान्तमा हराएरै, बित्दैछ जिन्दगी...
न्यानोपनको आभास दिई, छोईदिने यहाँ...




Read more »

लेख्न नसकिएको व्यथा...

भन्छन् दु:खीको, आशिष लाग्छ रे!!
तिनकै बोलीले, पीडा भाग्छ रे!!

शुभकामना बाँड्न, किन चुक्नु र म!!
रुनेकै बोलीले, लच्छिन् लाग्छ रे!!

Read more »

न तिमी थियौ, न तिम्रो आभास थियो...


न तिमी थियौ, न तिम्रो आभास थियो...
खोजीमा तिम्रो, यो जिउँदो लास थियो...

टाढिएथ्यौ तिमी, मलाई वास्ता नदिई...
प्राप्ती तिम्रो, मात्र एउटा आश थियो...

साधारण तिमी, साधारण नै थिएँ म...
हामीमा केबल, प्रेममात्र खास थियो...


Read more »