फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो डराएर, पागल भएँ म...चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...एक्लै मात्र कराएर, पागल भएँ म...आँसु बग्न खोज्दा, रोकिदिन खोजें...आँखा मात्र भराएर, पागल भएँ म...केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो......
Sunday, June 27, 2010
टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...
टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...बिपनीमा छैनौ तिमी, सपनीमा साथ तिम्रो...सुख दु:ख सबै बाड्ने, बाचा सब खेर गयो...पिडा मेरो भागमा पार्यौ, खुसियाली हात तिम्रो...बताएँ पनि, देखाएँ पनि, साबित गर्न खोजेकै हो...मेरो माया बुझेनौ सायद, निर्मोहीको जात तिम्रो...तिमीसंग छुटेपछि, अन्धकारमै बित्छ समय...कालो छ दिन मेरो, पुर्णिमाको रात तिम्रो...
कालो दिन अनि कालै छ छाया...
कालो दिन अनि कालै छ छाया...
कालो मनमा कालै छ माया...
जब एकातिर मात्र हुन्छ दियालो...
छायाले आफ्नो रुप लिन्छ...
तर जब चौतर्फी दियालोले...
भरिन्छ कसैको जिन्दगी...
उसको छाया ले रुप फेर्छ...
अनि खोज्छ अझ धेरै प्रकाशहरु...
खै किन यस्तो हो...
किन भनिन्छ यस्तो झुठ कि...
सकिन्न छायाको रुप बदल्न...
जब प्रकाशको स्थान फेरिन्छ...
छाया आफै बदलिदै जान्छ...
अनि संगै बदलिन्छन....
ती छायाका शरीरहरू...
कालो दिन अनि कालै छ छाया...
कालो मनमा कालै छ माया...
थोरै राजनीति
अब देखि तँलाई, भोट दिने को???भ्रष्टाचारी तँलाई, नोट दिने को???
अझ आईस् चुनाव भन्न, उत्तर दे एउटा...पदमा हुँदा हामीलाई, चोट दिने को???
बजेट खल्तीमा हालिस् विकाश चाहीँ शुन्य
तेरै गल्तीमा हामीलाई खोट दिने को???
इमान जमान बेचिस् धनी देखिन भनी...लाज ढाक्न तँलाई, कोट दिने को???
विदेशभ्रमण सुखसयल, मात्र सोच्ने तँ...कर्म-विज नरोप्नेलाई, बोट दिने को...
आमासंग माफी
हे आमा! म हारें, लड्न सकिन...म आफ्नै पथमा, बढ्न सकिन...
उखेलेर फेकिदिए, मेरा सपनाहरु...पापीहरु विरुद्ध, अड्न सकिन...
उकालो लाग्दैथियो, सपना मेरो...इर्ष्या रैछ तिनमा, पढ्न सकिन...
धोकाको पर्खाल, मेरो सामु बनाई...खुट्टा तान्दै थिए, चढ्न सकिन...
उचाई त पक्कै पाउँथे , इमान गुमाएर...म तिनीहरु जस्तै, सड्न सकिन...
सफलता नपाई "सामीप्य"मा हुन्न...यसैपाली तिम्रो खुशी, जड्न...
सफल बन्ने चाहना राख्ने पनि मानिस...
सफल बन्ने चाहना राख्ने पनि मानिस...
आफ्नै पसिनाको स्वाद चाख्ने पनि मानिस...प्रगति पथमा अघि बढ्दा-बढ्दै...अनायासै रोकिएर थाक्ने पनि मानिस...थोरै थकान घटी आस देखिएपछी...त्यसै त्यसै एक्कासी जाग्ने पनि मानिस...भाग्यमा भर परी काम नगर्न....कर्मको पथबाट भाग्ने पनि मानिस...सामीप्य कान...
सकेसम्म त रोकिन्छ...तैपनि आँसु पोखिन्छ...
सकेसम्म त रोकिन्छ...तैपनि आँसु पोखिन्छ...
आँखा खुल्लै हुन्छन...तैपनि पाइला ठोकिन्छ...
कसैलाई बुझ्न नखोजी...त्यसै गोडा ढोगिन्छ...
कसको सम्मान कति...त्यही मात्र जोखिन्छ ...
Sunday, June 20, 2010
म पातै सहितको हाँगो भाँचिदिन्छु ....
म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...
जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...
साटेर जीवन बाँचेको पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...
झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....
'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....
Monday, June 14, 2010
बुलबुल को लागी
रात्रीको एकान्तमा, आउँछे मेरी बुलबुल...मनको भित्री दैलोमा, छाउँछे मेरी बुलबुल...
.मिठामिठा गज़लको, वाचन त पर्याय हो...सांगीतिक गज़ल पनि, गाउँछे मेरी बुलबुल....
लामो बिछोड एक साता, कसो गरि हो काट्ने...बुधबारको रातीमात्रै, धाउँछे मेरी बुलबुल.....
उज्यालो 90 नेटवर्कको, तरङ्गबाट निस्कीइ... बुलबुलियनसंग प्रिती, लाउँछे मेरी बुलबुल....
बुलबुल को लागी...
दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...सुमन मञ्जरी
दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...तिम्रो घात देखि अन्त , मेरो भाग्ने ठाउँ नै छैन...#सास मेरो तिमीलाई सुम्पी, तिम्रै भरमा बाचें...मृत्यु सैयामा पुगेको छु, मेरो जाग्ने ठाउँ नै छैन...
.जति नजिक रहन्थ्यौ, त्यति टाढा हुन खोज्छौ...लगाएको पर्खाललाई अब नाग्ने ठाउँ नै छैन....
जतन गर्ने बाचा गरि, लिई गयौ मेरो मुटु...टुक्रिएको मुटु अब, तिम्ले माग्ने ठाउँ नै छैन...
#
दोस्रो हरफलाई पछी यसरी बदलियोबाँच्ने चाह हुँदा हुँदै...
गजल प्रयास गरिएको ढाँचा
आशा र निराशा...जीवन परिभाषा..
माया पनि छ...अनि गाली भाषा...
नियम पनि छ...छ सकुनी पाशा...
कतै कतै हार छ...कतै कतै आशा...
Sunday, June 13, 2010
किन यहाँ हरेक धर्ममा युद्ध छ...
सबैजना समान जति भनिए पनि...किन यहाँ हरेक धर्ममा युद्ध छ...हाँसीखुशी बाँच्ने, चाहना हो सबको...मनभित्रको सबै, मर्ममा युद्ध छ...प्रतिस्पर्धा नाम दिइ, बच्न खोजे पनि...देखिए जति सबै, कर्ममा युद्ध छ...सपना अनि बिपनाको भिन्नता नदेख्दा...कुनै सत्य र कुनै, भ्रममा युद्ध छ...
Saturday, June 12, 2010
तिमी र म... 2...
आज तिम्रो मृत्युको नवौं दिन... त्यस दिनदेखिको लगातार बेहोसी... भारी भएको छाती र सोचमा डुबेको मष्तिस्क... तिम्रो मृत्यु बाहेक के नै पो छ र सोच्नु पर्ने... आफैलाई दोषी मानेर सजाय दिनेगर्छु... न खाएको छु न निदाएको नै... सबै काम अलपत्र छन्... न बाबाआमा हेरेको छु... न घरको गाईबस्तु नै... आफु त सधैको लथालिंग... तिम्रो मरणको साँझ तिम्रो साथीको हातबाट एउटा खाम पाएँको थिएँ... आज अकस्मात् सम्झिएँ... कहाँ राखेको थिएँ...
Friday, June 11, 2010
तिमी र म...
रात्रिको सुनसान.. एक्लै सोच्दै थिए... के तिमी मेरो कारणले नै आत्महत्या गर्न बाध्य भयौ??? आज आठ दिन बित्यो मलाई यही प्रश्नले झस्काउन सुरु गरेको... अहिले पनि झस्किएँ...दशदिन अघि हामी सदाझैँ त्यही ठाउँमा भेट्यौं... त्यस्तै कुराकानी गर्यौ जस्तो सधै गर्थ्यौ... त्यो दिन साँझसम्म अनेक कुरा गर्दै समय बित्यो...रात पर्यो.. बाटो अन्धकार थियो अनि अलि गाह्रो पनि... मैले प्रस्ताब राखे:म: म तिमीलाई घरछेउ सम्म लगिदिन्छु... तिमी: पर्दैन..म:...
मन भित्रै गुम्सिएका, बात मिठो छ...
मन भित्रै गुम्सिएका, बात मिठो छ...एक्लै मात्र बिताएका, रात मिठो छ...अन्तरमुखीको चरित्रमा, मलाई पुराउने...तिम्रो कोसेली मलाई, घात मिठो छ...हामी दुई प्राणी संगै, हुन सकिन्न भन्न...तिमीले कारण देखा'को, जात मिठो छ...एक्लै बाँचेको छैन,सहारा पनि छ...विगतका सम्झनाका,खात मिठो छ...फर्किएर हेरे पनि, म अब हेर्दिन...तिम्रोजस्तै घमण्डको, मात मिठो छ...
Thursday, June 3, 2010
पिर अनि चिन्ताका, भारी बोकिरहेछु...
पिर अनि चिन्ताका, भारी बोकिरहेछु...सहने क्षमता कति?, त्यही जोखिरहेछु.... फेरी नउदाउने गरि, अस्ताए छ घाम...अन्धकार जीवनमा, दियालो खोजिरहेछु... को छन् र बुझिदिने, मेरो विचारहरु...क्लिष्ट मानिएका भाव, किन पोखिरहेछु... एक्लो बने संसारमा, अलग विचार बोक्दा...समाज सापेक्ष आफै, बदलिने सोचिरहेछु... जिउनुको नयाँ आश, तिमीले दिएपछि...मर्न खोज्ने मनलाई, मैले रोकिरहेछु... भित्र पस्ने बाटो बन्द, तिमीले गरेदेखि...छिर्न खोज्ने...
Wednesday, June 2, 2010
हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...
हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...सपनीमा रम्दा रम्दै, मक्किएछ थाहा भएन... मैले पाएका चोट सबै, भुलेर नै बाँच्दै थिएँ... लुकाउन खोजेको आँसु, छल्किएछ थाहा भएन... कस्तो कठोर प्रहार तिम्रो, सहें झैँ लागेथ्यो...चल्दा चल्दै मेरो मुटु, टुक्रिएछ थाहा भएन... पर्खाल बनाए झैँ लागेथ्यो, कालसंग टाढा रहने...कहिले त्यस्तो बाढी आई, भत्किएछ थाहा भएन... बिताउदै थिए झैँ ठान्थें, जसोतसो मेरा दिन...तिम्रो...
गुमनाम नभई चुपचाप हुन
परिस्थितिसंग जुझ्न खोज्दा, कस्तो-कस्तो बिचार हुन्छ....
आँखा त कहिले रोएथ्यो र, आत्मा उसको सधैँ रुन्छ....
गुमनाम कोही किन हुन्छ, साथ दिने कोही नहुदा....
अन्धकार रातलाई साथ दिने, तारा अनि जून छ....
गुमनाम नभई चुपचाप हुन, सायद बाध्यता कुनै छ....
उसले नबोले नि तिमी बुझ, यसले उसको मुटु छुन्छ....
तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...
तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...तिमीले गाउने मधुर गीतको, मिठास कहाँ छ... आफ्नै आँगन बिरानो छ, टाढा आफ्नो ठाउँ...कुन सोचमा तिमी भन्छौ, प्रवास कहाँ छ... बिहानीको सुनौलो घाम, अन्जान भएको छ...आफ्नै धर्ती, आफ्नै लाग्ने आकाश कहाँ छ.... चन्द्र सुर्य झण्डा छैन, डाँफे टाढा छ...तिम्रो शिरमा सजिने गुराँसको, सुवाश कहाँ छ... टाढाको संसारमा बसेर, आफैलाई भुल्नु पर्दा...मेरो स्वतन्त्रता मेरो स्वाधीनता, जवाफ कहाँ छ... मानिस...
कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...
कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...तापनि देख्दामा कति, बाठो छन् मान्छेहरु... आफैमा लुकेका सत्यताको, भावहरु खोलिंदा ...लाजले नै कति धेरै, रातो छन् मान्छेहरु... अनेक प्रयास गरिगरि, ढुंगासरह भए नि...भित्र भने मलिलो, माटो छन् मान्छेहरु... चोट केहि मलाई छैन, भन्दै गरे पनि...मनभित्र लुकाएका, खाटो छन् मान्छेहरु... अरुलाई हेला गर्दै आफु कहाँ हाँस्छ र...जे पिस्दा नि घर्सने, जाँतो छन्...
Subscribe to:
Posts (Atom)