Monday, June 14, 2010

बुलबुल को लागी

रात्रीको एकान्तमा, आउँछे मेरी बुलबुल...
मनको भित्री दैलोमा, छाउँछे मेरी बुलबुल...
.
मिठामिठा गज़लको, वाचन त पर्याय हो...
सांगीतिक गज़ल पनि,  गाउँछे मेरी बुलबुल...
.
लामो बिछोड एक साता, कसो गरि हो काट्ने...
बुधबारको रातीमात्रै, धाउँछे मेरी बुलबुल....
.
उज्यालो 90 नेटवर्कको, तरङ्गबाट निस्कीइ... 
बुलबुलियनसंग प्रिती, लाउँछे मेरी बुलबुल....

बुलबुल को लागी

1 comment:

  1. मेरो मनमा सुटुक्क बसेकी छे बुलबुल
    सबै सबै मित्र माझ फसेकी छे बुलबुल !

    ReplyDelete