Tuesday, April 27, 2010

रातका ताराहरु अनि जीवनको लक्ष्य

अचेल रातमा ताराहरु हेर्ने बानी जस्तो भएको छ.... राम्रा देखिन्छन्.... सोच्न बाध्य बनाउँछ कि "त्यहाँ को जीवन कति सुन्दर अनि मनोरम होला???? म पनि त्यतै कहीँ आफ्नो संसार सजाउन पाए.... " 
अनि फेरि याद आउँछ "तर त्यहाँ पुग्ने कसरी????" 
सबै लक्ष्यहरु साना हुन् या ठुला - तिनै ताराजस्तो लाग्दैछन्.... लक्ष्यहरु प्रष्ट देखिएका छन्.... वर्षात सकिएको रातमा जस्तै.... लक्ष्यमा पुगेको समय सोच्छु.... कति मनोरम होला.... तर लक्ष्यहरुमा पुग्ने बाटोको कमी महसुस भईरहेछ....

प्रगतिपथमा लम्किन चाहने मेरा पाईलाहरु यसरी कुँजिदै गएका छन् कि सायद कुनै दिन मैले त्यो बाटो भेटेँ भने पनि हिँड्न असमर्थ हुनेछु.... अनि बाध्य हुनेछु आफ्नै धर्तीमा रमाउन....
Read more »

Monday, April 26, 2010

A Big VOID and a Big Emptiness....

संसार एउटा ठुलो शुन्य... अनि मन भित्र त्यो शुन्य भन्दा ठुलो शुन्यता... 
त्यही शुन्यतामा पनि...
सासहरु हराईरहेछन्... खोज्न जाने बाटो पनि देख्दिन... 
पुराना चोटहरुले पीडा थप्दैछन्... ओखती भेटेको छैन... 
सपनाहरु धेरै देखिन्छन्... सम्झिने क्षमता छैन... 
वरिपरि डढेलो देखिन्छ... निभाउने चाहना छैन... 


यहि हुन नहुने तर भईरहेका... अनि यहि हुनपर्ने तर नभईरहेका कार्यहरुलाई अहिले एउटै वाक्यमा भन्ने प्रयास----
अहिलेको समय A Big VOID and a Big Emptiness....
Read more »

Thursday, March 11, 2010

तिमी बिना बाँच्न सकिन्छ

नबगाए आँसुका थोपा, आँखाभित्र साँच्न सकिन्छ ! 
संघर्ष मात्र गर्‍यो भने, तिमीबिना बाँच्न सकिन्छ !! (१२)

तिरस्कार अहिल्यै गरिन, अझै केही बेर लाग्छ ! 
थोरै माया दिई फेरि, तिमीलाई जाँच्न सकिन्छ !! (२२)
Read more »

सुजना from facebook

त्यसै त्यसै मन्द भयो जिवन को गति ! 
सास मात्र लिएर त बाँच्नु छ र कति !!


जिउँदै आगोमा जल्नुको कति हुन्छ पिडा ! 
समयमै जिवनले किन लिएन बिदा !!
Read more »

Sunday, January 3, 2010

अचेल किन दिन जस्तो, रात पनि एउटै लाग्छ



अचेल किन दिन जस्तो, रात पनि एउटै लाग्छ !
एकान्त र कोलाहलको, मात पनि एउटै लाग्छ !!

हाँस्न चाहेको हुन्छु सधै, आँसु आफै बगिदिन्छन् !
सुखको अनि दु:खको, खात पनि एउटै लाग्छ !!

जड्याहाको जिन्दगी जस्तो, सधै म पिएकै हुन्छु !
ह्विस्की भनौँ या लोकलको, जात पनि एउटै लाग्छ !!

कसैले देखाएको दया, चोट बनी छातीमा पस्छ !
न्यानो ममता र बिषालु, घात पनि एउटै लाग्छ !!

भिन्नता पाइन्छ भन्छन्, प्रत्येक दुई बस्तुमा !
कोमल फूल अनि झरेको, पात पनि एउटै लाग्छ !!

न जीवनको मुल्य पाएँ,न राखेँ समयको नै !
शुन्य समय र बिहानीको, सात पनि एउटै लाग्छ !!
Read more »

मुटुका अनेक बेदना,पोखेर पो के गर्नु


मुटुका अनेक बेदना,पोखेर पो के गर्नु !
भारी छ छाती तर, जोखेर पो के गर्नु !!

सम्झन्छु म झलझल, सँगै बिताएका पलहरु !
थोत्रिएका सबै यादहरु, बोकेर पो के गर्नु !!

रसाउँछन् आँखा अझै, तस्बिर तिम्रो देखेर !
सस्तो भैसक्यो आँसु पनि, रोकेर पो के गर्नु !!

कमजोरी कसको कस्तो भयो,थाहा भएन पहिले !!
टाढिएपछि तिमी टाउको, ठोकेर पो के गर्नु !!

अथाह पिडा मनमै लुके,तिमी टाढा भईदिंदा !
निरर्थक बनेका ति भाव, बोकेर पो के गर्नु !!
Read more »

Thursday, December 3, 2009

नग्नता (अनुवादित)

"With Lot of Thanks to The Unknown Original Author"

म भन्छु, नग्नता त्यो होइन जुन तिमीले चिन्यौ,मेरा साथी .
जुन तिमीले मेरो निर्वस्त्र छालालाई अर्थ्याउँछौ ।
तिमीले फगत् मेरा निर्वस्त्र छाला मात्र देख्छौ ।
र मेरा छाला नङ्याउने तत्व चिन्दैनौ
र कारण खोज्दैनौ
र जे देख्नु थियो त्यो देख्न चाहँदैनौ ।
मेरा निर्वस्त्र छालालाइ निन्दा गर्छौ अनि सताउँछौ
मेरा निर्वस्त्र छाला
जसलाइ तिमीले भनेका छौ
"नग्नता" ।।


तिमीले त्यही हेर्‍यौ, जुन अरुले हेरे
र देख्न चाहेनौ जुन देख्नु पर्थ्यो ।
जुन देख्नु पर्थ्यो-"त्यो सत्य"
किनभने तिमी
त्यही मान्छे हौ जो-
जो आकाश होइन चट्याङ्लाइ सराप्छन्  ।।


तिम्रो आँखामा म नग्न छु
मेरो आँखामा होइन ।।


किनभने म माथि उठेका औँलाहरु तिनै हुन्
जसले मेरो छाला  चिथोरे ।।


किनभने मलाई आज सराप्ने मुख तिनै हुन्
जसले मेरो शरीरको चोक्टा चोक्टा लुछ्यो ।।


किनभने आज मलाई वीभत्स देख्ने आँखा तिनै हुन्
जसले मेरो चोक्टा-चोक्टामा खुशी भेट्यो ।।


त्यसैले म सोध्छु, नग्न को छ??
ति औँलाहरु?, त्यो मुख?, ति आँखाहरु? वा मेरो नग्न छाला??


मलाइ आज नचिन्ने आँखाहरु
तिनै हुन् जुन मेरा चोक्टामा रमाए ।।
मलाइ आज गाली गर्ने मुख
तिनै हुन् जसले मलाइ चोक्टा बनाए ।।
म माथि आज उठेका औँलाहरु
तिनै हुन् जसले मेरो चोक्टालाइ मरण सम्म पुर्‍यायो ।।


त्यसैले मेरा साथी,तिमीलाई सोध्छु
तिम्रो आँखामा को चाँहि नग्न हो ??
ति औँलाहरु ??
ति आँखाहरु ??
त्यो मुख ??
वा मेरो उघारो छाला ????
Read more »

Tuesday, December 1, 2009

यस्तै गरी तिम्रो मेरो, सम्बन्ध चल्छ कहाँ

यस्तै गरी तिम्रो मेरो, सम्बन्ध चल्छ कहाँ !
अन्न नै नहुँदा आगो, चुलोमा बल्छ कहाँ !!

आँशु मात्र दिन्छौ तिमी, खुशी कहाँ बाँड्छौ खै !
कागतीको बोटमा मिठो, सुन्तला फल्छ कहाँ !!

कसरी सहनु तिम्रा चोट, अशक्त भैसकेँ म !
जड रहने  वृक्षले कसैको, प्रहार छल्छ कहाँ !!

गल्ती तिम्रै दोष किन, देखाउँछौ अर्काको !
सार्कीले सराप्दैमा, मोटो गाइ ढल्छ कहाँ !!

अझै किन घमण्ड देखाउँछौ, तिमी मेरो भनेर !
हात घोट्दा ढुङ्गा जस्तो, झिल्को जल्छ कहाँ !!
Read more »

Saturday, November 28, 2009

बढ्दो छ अन्धकार,धुमलिएको छ घाम

बढ्दो छ अन्धकार, धुमलिएको छ घाम !
जब बाँच्ने इच्छा छैन, तब स्वप्न के काम !!

टुक्रिएका मेरा भावना, मोल कतै पाइन !
निराकार यस्ता भावनाले, कस्तो पाउला दाम !!

निरर्थक बनी बाँचेको, यो जीवन मेरो !
मरुभुमी को भुमरीलाई, कसले दिन्छ नाम !!

जीवन मेरो चिठ्ठी जस्तो, कोरेर सकिएको !
कतै त जान्छ यो, बन्द हुँदै छ खाम !!

एकान्तमा रमाउन सिक्दै, अन्धकारमा हराएछु !
जीवनमा कहिले देखिएला, उज्यालो दिने घाम !!

Read more »