Friday, November 5, 2010

दुई टुक्रा...

जब सत्यमाथि दुनियाको, विश्वास रहेन...
सत्यमा नै टिक्ने मेरो, प्रयास रहेन...

सत्य भुलि जब तिनले, झुठ नै पत्याए...
झुठो बोलेको भन्ने मलाई, आभास भएन...




!!!!!!!!!!!!!

को छ र मेरोलागि, रोईदिने यहाँ...
दु:खमा सँगै आँखा, धोइदिने यहाँ...

एकान्तमा हराएरै, बित्दैछ जिन्दगी...
न्यानोपनको आभास दिई, छोईदिने यहाँ...




Read more »

लेख्न नसकिएको व्यथा...

भन्छन् दु:खीको, आशिष लाग्छ रे!!
तिनकै बोलीले, पीडा भाग्छ रे!!

शुभकामना बाँड्न, किन चुक्नु र म!!
रुनेकै बोलीले, लच्छिन् लाग्छ रे!!

Read more »

न तिमी थियौ, न तिम्रो आभास थियो...


न तिमी थियौ, न तिम्रो आभास थियो...
खोजीमा तिम्रो, यो जिउँदो लास थियो...

टाढिएथ्यौ तिमी, मलाई वास्ता नदिई...
प्राप्ती तिम्रो, मात्र एउटा आश थियो...

साधारण तिमी, साधारण नै थिएँ म...
हामीमा केबल, प्रेममात्र खास थियो...


Read more »

Friday, August 20, 2010

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...

"Tulsi 'Ranjat' Maharjan" को सहयोगमा ...

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...    
माफ गर तिमीलाई, माया दिएछु...

सधै सधै  तिमीलाई, साथ दिएथे...
बेकार भयो तिम्रोलागी, जीवन दिएछु..
.
मिठो हासो सबै तिम्रै. पोल्टोमा दिइ ...
आफु हर क्षणै भरी, आँशु पिएछु...

क्षत विक्षत मुटु बोकी, भौतारिदै हराइ...
सारा दु:ख एकै गाँठो, पारी सिएछु...
Read more »

केही टुक्राहरू...

सत्यता बिझाउँछ जब मन कोमल हुन्छ... त्यो ढुङ्गालाई काँडाले कसरी खोच्छ र???

तिनै कहानी सोच्दैछु जुन सुरुवात नभई सकिए...

कठिन छन् यी बाटाहरु र त म हिडिरहेछु...

आफ्नै रहस्यहरुलाई कोट्याउँदै...
Read more »

Friday, July 23, 2010

सामीप्य कान्छा: म देख्छु मेरो देश...

म देख्छु मेरो देश...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...

पहिले खाडल बाट निकाल्ने हरु...
कोही थला परेका छन्...
कोही बसाई सरेका छन्...
अनि जो रमिता हेर्दै थिए...
उनीहरु "ठुला" भएका छन्...
त्यसैले सायद मेरो देश...
आँसु बगाउँदै...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...

मेरो देशको इतिहासमा...
युद्धको दाग लाग्यो...
सत्ताको लुछाचुडी...
कुर्सीको भाग लाग्यो...
पिडा सहन नसकेरै सायद...
आलो चोट समाउँदै मेरो देश...
एउटा खाडल बाट निस्केर...
अर्को खाडलमा फस्दैछ...


आज कसैले सुनाएको एउटा वाक्य "नेपालमा थोरै मात्र नराम्रा(खराब) मान्छे छन्... अनि दु:खद कुरा नेपालको प्रतिनिधित्व गर्ने तिनै थोरै भित्र पर्छन..."
Read more »

Sunday, June 27, 2010

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...

फोडेँ मुटु मुस्कुराएर, पागल भएँ म...
छायासंग पो  डराएर, पागल भएँ म...
चिथोरेँ आफ्नै बदन, म चस्केँ र फस्केँ...
लडेँ, उठेँ लर्खराएर, पागल भएँ म...
बदनका चोटहरु त, सहेरै बाचेँथेँ...
अदृश्य घाउ चर्हाएर, पागल भएँ म...
लाग्थ्यो मेरो कहानी सुन्दैछन् सबै...
एक्लै मात्र कराएर, पागल भएँ म...
आँसु बग्न खोज्दा, रोकिदिन खोजें...
आँखा मात्र भराएर, पागल भएँ म...
केही साता अघिको बुलबुल कार्यक्रममा सुनेको यो गजलको प्रथम दुई सेरले मन यति छोएथ्यो... बयान गर्न सक्दिन... आज खै किन आफ्ना तिन सेर थपेर यसलाई पुरा गर्ने दुस्साहस गरें... गल्ती भएमा क्षमा....
फेसबुकमा "सुमन मञ्जरी" को सहयोगमा प्रकासित...
Read more »

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...

टाढीसके पनि तिमी, किन अझ याद तिम्रो...
बिपनीमा छैनौ तिमी, सपनीमा साथ तिम्रो...
सुख दु:ख सबै बाड्ने, बाचा सब खेर गयो...
पिडा मेरो भागमा पार्यौ, खुसियाली हात तिम्रो...
बताएँ  पनि, देखाएँ पनि, साबित गर्न खोजेकै हो...
मेरो माया बुझेनौ सायद, निर्मोहीको जात तिम्रो...
तिमीसंग छुटेपछि, अन्धकारमै बित्छ समय...
कालो छ दिन मेरो, पुर्णिमाको रात तिम्रो...
Read more »

कालो दिन अनि कालै छ छाया...

कालो दिन अनि कालै छ छाया...
कालो मनमा कालै छ माया...

जब एकातिर मात्र हुन्छ दियालो...
छायाले आफ्नो रुप लिन्छ...
तर जब चौतर्फी दियालोले...
भरिन्छ कसैको जिन्दगी...
उसको छाया ले रुप फेर्छ...
अनि खोज्छ अझ धेरै प्रकाशहरु...

खै किन यस्तो हो...
किन भनिन्छ यस्तो झुठ कि...
सकिन्न छायाको रुप बदल्न...
जब प्रकाशको स्थान फेरिन्छ...
छाया आफै बदलिदै जान्छ...
अनि संगै बदलिन्छन....
ती छायाका शरीरहरू...

कालो दिन अनि कालै छ छाया...

कालो मनमा कालै छ माया...
Read more »

थोरै राजनीति

अब देखि तँलाई, भोट दिने को???
भ्रष्टाचारी तँलाई, नोट दिने को???

अझ आईस् चुनाव भन्न, उत्तर दे एउटा...
पदमा हुँदा हामीलाई, चोट दिने को???

बजेट खल्तीमा हालिस् विकाश चाहीँ शुन्य
तेरै गल्तीमा हामीलाई खोट दिने को???

इमान जमान बेचिस् धनी देखिन भनी...
लाज ढाक्न तँलाई, कोट दिने को???

विदेशभ्रमण सुखसयल, मात्र सोच्ने तँ...
कर्म-विज नरोप्नेलाई, बोट दिने को???
Read more »

आमासंग माफी

हे आमा! म हारें, लड्न सकिन...
म आफ्नै पथमा, बढ्न सकिन...

उखेलेर फेकिदिए, मेरा सपनाहरु...
पापीहरु विरुद्ध, अड्न सकिन...

उकालो लाग्दैथियो, सपना  मेरो...
इर्ष्या रैछ तिनमा, पढ्न सकिन...

धोकाको पर्खाल, मेरो सामु बनाई...
खुट्टा तान्दै थिए, चढ्न सकिन...

उचाई त पक्कै पाउँथे , इमान गुमाएर...
म तिनीहरु जस्तै, सड्न सकिन...

सफलता नपाई "सामीप्य"मा हुन्न...
यसैपाली तिम्रो खुशी, जड्न सकिन...
Read more »

सफल बन्ने चाहना राख्ने पनि मानिस...

सफल बन्ने चाहना राख्ने पनि मानिस...
आफ्नै पसिनाको स्वाद चाख्ने पनि मानिस...
प्रगति पथमा अघि बढ्दा-बढ्दै...
अनायासै रोकिएर थाक्ने पनि मानिस...
थोरै थकान घटी आस देखिएपछी...
त्यसै त्यसै एक्कासी जाग्ने पनि मानिस...
भाग्यमा भर परी काम नगर्न....
कर्मको पथबाट भाग्ने पनि मानिस...
सामीप्य कान्छा
Read more »

सकेसम्म त रोकिन्छ...तैपनि आँसु पोखिन्छ...

सकेसम्म त रोकिन्छ...
तैपनि आँसु पोखिन्छ...

आँखा खुल्लै हुन्छन...
तैपनि पाइला ठोकिन्छ...

कसैलाई बुझ्न नखोजी...
त्यसै गोडा ढोगिन्छ...

कसको सम्मान कति...
त्यही मात्र जोखिन्छ ...
Read more »

Sunday, June 20, 2010

म पातै सहितको हाँगो भाँचिदिन्छु ....

म दु:खी हुँदा पनि हाँसिदिन्छु...
म आसुँ झर्दा पनि नाचिदिन्छु...

जीवन त्यागी मर्ने त धेरै छन्...
म विषै पिएर पनि बाँचिदिन्छु...

साटेर जीवन बाँचेको  पनि देखें...
म तिम्रै नाममा जुनी साँचिदिन्छु...

झुठको छ कि डर त्यो मनमा कतै...
म कस्तो रहेछ भनी जाँचिदिन्छु....

'सामिप्य' पाएँ आज एक्लो 'सुमन'.....
म पातै सहितको हाँगो भाँचिदिन्छु ....
Read more »

Monday, June 14, 2010

बुलबुल को लागी

रात्रीको एकान्तमा, आउँछे मेरी बुलबुल...
मनको भित्री दैलोमा, छाउँछे मेरी बुलबुल...
.
मिठामिठा गज़लको, वाचन त पर्याय हो...
सांगीतिक गज़ल पनि,  गाउँछे मेरी बुलबुल...
.
लामो बिछोड एक साता, कसो गरि हो काट्ने...
बुधबारको रातीमात्रै, धाउँछे मेरी बुलबुल....
.
उज्यालो 90 नेटवर्कको, तरङ्गबाट निस्कीइ... 
बुलबुलियनसंग प्रिती, लाउँछे मेरी बुलबुल....

बुलबुल को लागी
Read more »

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...सुमन मञ्जरी

दिन्छौ कति चोट अझै, अब लाग्ने ठाउँ नै छैन...
तिम्रो घात देखि अन्त , मेरो भाग्ने ठाउँ नै छैन...
#
सास मेरो तिमीलाई सुम्पी, तिम्रै भरमा बाचें...
मृत्यु सैयामा पुगेको छु, मेरो जाग्ने  ठाउँ नै छैन...
.
जति नजिक रहन्थ्यौ, त्यति टाढा हुन खोज्छौ...
लगाएको पर्खाललाई अब नाग्ने ठाउँ नै  छैन...
.
जतन गर्ने बाचा गरि, लिई गयौ मेरो मुटु...
टुक्रिएको मुटु अब, तिम्ले माग्ने  ठाउँ नै छैन...

#
दोस्रो हरफलाई पछी यसरी बदलियो
बाँच्ने चाह हुँदा हुँदै कुन्नी किन मरे फेरी...
मन हुँदा पनि मैले फेरी जाग्ने ठाउँ छैन...

सुमन मञ्जरी
Read more »

गजल प्रयास गरिएको ढाँचा

आशा र निराशा...
जीवन परिभाषा..

माया पनि छ...
अनि गाली भाषा...

नियम पनि छ...
छ सकुनी पाशा...

कतै कतै हार छ...
कतै कतै आशा...
Read more »

Sunday, June 13, 2010

किन यहाँ हरेक धर्ममा युद्ध छ...

सबैजना समान जति भनिए पनि...
किन यहाँ हरेक धर्ममा युद्ध छ...
हाँसीखुशी बाँच्ने, चाहना हो सबको...
मनभित्रको सबै, मर्ममा युद्ध छ...
प्रतिस्पर्धा नाम दिइ, बच्न खोजे पनि...
देखिए जति सबै, कर्ममा युद्ध छ...
सपना अनि बिपनाको भिन्नता नदेख्दा...
कुनै सत्य र कुनै, भ्रममा युद्ध छ...
Read more »

Saturday, June 12, 2010

तिमी र म... 2...

आज तिम्रो मृत्युको नवौं दिन... त्यस दिनदेखिको लगातार बेहोसी... भारी भएको छाती र सोचमा डुबेको मष्तिस्क... तिम्रो मृत्यु बाहेक के नै पो छ र सोच्नु पर्ने... आफैलाई दोषी मानेर सजाय दिनेगर्छु... न खाएको छु न निदाएको नै... सबै काम अलपत्र छन्... न बाबाआमा हेरेको छु... न घरको गाईबस्तु नै... आफु त सधैको लथालिंग...
तिम्रो मरणको साँझ तिम्रो साथीको हातबाट एउटा खाम पाएँको थिएँ... आज अकस्मात् सम्झिएँ... कहाँ राखेको थिएँ याद आएन... खोज्ने जाँगर पनि चलेन... आफैलाई जबरजस्ती अह्राएँ... कोठामा छिरें... अर्को लथालिंग... कहाँ खोज्ने... ओछ्यान मुनि... सिरानीमुनि... टेबुल माथि... सबै हेरे... झ्यालको डिलमा... अहँ! पत्तो लागेन... दिमाग झन् तातेर आयो... आफैसंग झन् रिस उठ्यो... उस्तै मिल्ने हो भने म पनि आत्महत्या गर्थें... सोच्दा सोच्दै याद आयो... मैले त आफ्नै पाईन्टको गोजीमा राखेको थिएँ... गोजी छामें... भेटें... थोरै खुशी लाग्यो तर हाँस्न सकिन.... सायद दु:ख नै ज्यादा थियो...
पत्र खोलें... सम्बोधन थिएन... पहिलो हरफ सुरु गरें...
तिमीलाई भेटेको आज ठिक ३३ दिन भयो... त्यो भन्दा पहिले तिम्रो र मेरो देखभेट केही थिएन... तर जुन दिन तिमीलाई भेटें तिमीमा त्यसै हराउन पुगेछु... त्यसदिन तिमीसंग बोलिन.. पछि पश्चाताप लाग्यो... तर मनमनै विश्वास पलायो... तिमी मेरो निम्ति यस धर्तीमा आएको हौ...
त्यसदिनका घटना याद आए... म पनि त उनीसंग बोलिन नि... तर मलाई पश्चाताप भने भएको थिएन... आखिर मैले कहिले चाहीं प्रेम-सम्बन्धको बारेमा सोचे र... पत्र पढ्नु उचित लाग्यो... दोश्रो हरफ हेरें...
नभन्दै भोलिको दिन हाम्रो भेट भयो... अनि चिनजान पनि... तिम्रो मिलनसार बानीले हामीलाई चाडै नै नजिक गरायो... अनि हामी एकअर्कासंग एकदम खुशी थियौं... म विश्वस्त थिएँ... तिमीले मलाई माया गर्छौ... त्यसैले कहिले अभिव्यक्त गरिन... मन-मनै माया गरिरहें... अनि मन-मनै स्वीकारिएको सोचिरहें... आखिर तिम्रो व्यवहारमा त्यस्तो केही थिएन जसले गर्दा म सोच्न सकुँ कि तिमी मलाई माया गर्दैनौ... तिमीलाई नभेट्दा तिम्रो बारेमा सोच्नु बाहेक अरु केही गर्न सक्दिनथिएँ.... तिम्रै यादमा अनि तिमीसंग को सुन्दर भविष्यको कल्पना गर्दै कहाँ कहाँ  हराउथें...
मनमनै हासों लाग्यो... तिमीले मलाई गलत बुझेको थाहा पाउँदा... हाँस्नै त के सक्थें र... एक त म अन्तर्मुखी मान्छे...कम बोल्न रुचाउने... तिमीसंग पनि त्यस्तै नै थिएँ... फेरी एउटा भनाई याद आयो...प्रेम अन्धो हुन्छ... तिम्रो मृत्यु पछी मैले यो मान्न थालेको थिएँ कि तिम्रो प्रेम साँचो थियो... अनि त्यसैले सायद अन्धो पनि...
अस्तिको दिन जब मैले पहिलो पटक तिम्रो हात समाएँ... अनि तिमीले बिरोध गरेनौ म झन् दृढ भएँ... हाम्रो प्रेमको बारेमा... तर एक्कासी जब तिमीले हात नसमाई हिड्न आग्रह गर्यौ म छाँगाबाट खसेझै भएँ... जुन सम्बन्धलाई म प्रेम ठान्थें त्यसमाथि शंका लाग्न थाल्यो... अनि तिमी माथि पनि... प्रश्न गरें तिमीलाई तर प्रश्न विपरित जवाफ आयो... तिमीले मलाई माया नगर्ने भन्ने कुरा स्पष्ट  भन्यौ... फेरी उस्तै प्रश्न सोधें... तिमीले जवाफ दिएनौ... म भोलिको दिनमा  जवाफको आशा राख्दै घर तिर लागें...
घरमा आज अर्कै वातावरण रहेछ... मेरो बिहेको कुरो छिनिएछ... अर्को चिन्ताले छोप्यो... रातभर निदाउन सकिन... सम्झनाहरु संग खेल्दै बसें... मलाई थाहा थियो म तिमी बाँच्न सक्दिन... तर बाबाआमा को अगाडी म केही बोल्न सक्दिनाथिए... त्यसैले पनि होला विवाहको कुराको विरोध गर्न सकिन... आशाको थोरै झिल्को बाकी थियो आउने दिन जुन दिन म तिम्रो जवाफ पाउदै थिएँ...
केही सोच्न सकिंन... अर्को हरफमा आँखा पुराएँ...
साँझ सम्म कुर्ने धैर्यता रहेन... बिहानै तिम्रो घर पुगें... आफ्नो बिहेको कुरा चलेको पनि सुनाएँ... तिमीले अझ अस्विकार गर्यौ... म थोरै आवेगले भरिएँ... छातीभरि आँसु जमेको आभास भयो... त्यहाँ बसेर रुन चाहींन... एकान्त खोज्दै दौडिएँ... तिमीले बोलाए झैँ लागे पनि वास्ता गरिन... तिमी पछि-पछि आउदै रहेछौ... ठिक लागेन... त्यसैले तिमीलाई भाग्ने प्रस्ताब राखें... मैले चाहे जस्तै भयो... तिमी चुपचाप आफ्नो बाटो फर्कियौ... दिनभरी एक्लै रोइरहें...
साँझमा घर पुग्दा मन फिक्का थियो, तर घरको  मौशम रंगिन... भोलिपल्ट मेरो टिकाटाला पक्कापक्की भएको थियो... त्यसदिन अकस्मात बाहिर निस्कने काम पर्यो... तिमीलाई पनि भेट भयो... तिमी बोलेनौ... मनमा धेरै कुरा थियो... कुन चाही भनौ भन्ने सोच्दैमा म पनि बोल्न पाइन... तिमी नबोलेकोमा रिस उठ्यो...
उसको सोझोपन देखेर हाँसो उठ्यो... अनि लामो समयपछि एकपटक हासें... मनमनै... तर तिम्रो प्रेमलाई नबुझेको र नस्विकारेकोमा आफैसंग रिस पनि... सायद त्यो दिनको मेरो शब्दले तिमी आत्महत्या गर्ने थिएनौ होला... किनभने साँझसम्म मैले आफ्नो मन बदलेको थिएँ... मात्र प्रतिक्षा थियो तिम्रो एक अर्को प्रस्तावको जसलाई म सहर्ष स्विकार्थें... तिम्रो मृत्युको दिन पनि तिम्रो घरमा त्यही भन्न आएको थिए... तिम्रो बिहे रोक्न तिम्रो बाबालाई भन्ने... नत्र भाग्ने...
अब अन्तिम हरफ पढ्न सुरु गर्यो......
घर आएँ... तिमीसंगको भविष्य फेरी सोचें... अहँ, यो दुई दिनमा तिमीले जस्तो रुप देखायौ तिम्रो सत्यता त्यही हो... अनि त्यो भन्दा अघि तिमी नाटक गर्दै थियौ... आफ्नै जीवन भारी लाग्न थाल्यो... र आत्महत्याको सोच बनाएँ... एकपटक सबैलाई सम्झे...परिवार र साथी... बिहे पछी सबैसंग टाढिने निश्चित थियो... त्यसैले आत्महत्याको बाटो सजिलो लाग्यो.... तिम्रो नाममा अन्तिम पत्र कोरेर बिदा हुदै छु...
तिमीलाई माया गर्ने...
मन फेरी रोयो... आँखाले पनि नबगी रहन सकेन... सायद अन्तिम दिनमा तिमीप्रति झुकाव नबढेको भए म यति बिथोलिने थिईन... अनि मैले अहिले थाहा पाएको कुरा अलि पहीले नै थाहा चेको भएको भए केही फरक हुन्थ्यो होला हाम्रो सम्बन्ध... तिमीले ब्यक्त गरेनौ  मैले बुझ्न चाहिन... गल्ती मेरो पनि हो तर तिमीले आत्महत्या गरिहाल्न नहुने हो... केही धैर्यता तिमीमा पनि नभएकै हो...
Read more »

Friday, June 11, 2010

तिमी र म...

रात्रिको सुनसान.. एक्लै सोच्दै थिए... के तिमी मेरो कारणले नै आत्महत्या गर्न बाध्य भयौ??? आज आठ दिन बित्यो मलाई यही प्रश्नले झस्काउन सुरु गरेको... अहिले पनि झस्किएँ...
दशदिन अघि हामी सदाझैँ त्यही ठाउँमा भेट्यौं... त्यस्तै कुराकानी गर्यौ जस्तो सधै गर्थ्यौ... त्यो दिन साँझसम्म अनेक कुरा गर्दै समय बित्यो...रात पर्यो.. बाटो अन्धकार थियो अनि अलि गाह्रो  पनि... मैले प्रस्ताब राखे:
म: म तिमीलाई घरछेउ सम्म लगिदिन्छु...
तिमी: पर्दैन..
म: किन?
तिमी: म एक्लै जान्छु..
म: झन् एकछिन अझ कुरा गर्न पाइन्छ  भनेको त?
तिमी: त्यसोभए हुन्छ नि त...
करिब २० मिनेटको जंगलछेउ बाटो... उसलाई एक्लै छाड्न मन लागेन... सायद डर लाग्यो तिमीलाई केही होला कि भन्ने... हामीले भेट्ने ठाउँ भन्दा हाम्रो घर ठिक उल्टो पर्थ्यो... तिम्रो पश्चिम मेरो पूर्व...
तिमी: आज तिमीलाई घर पुग्न ढिला हुनेभयो?
म: ठिकै छ.. कहिलेकहिँ यस्तै त हो...
तिमी: तै पनि मेरो लागी भनेर...
म: मैले साथीको लागी यति गर्नु हुन्न र?
तिमी: हुन्छ.. त्यसैले त हुन्छ भने नी...
हामी नयाँ साथी... भेट भएको एक महिना पनि पुरा भएको थिएन.... हामी कसरी यति नजिक भयौं??? गहिरो सोचमा हराउँदै थिए म... एक्कासी तिमीले मेरो हात समायौ... सोचें थाकेर सहारा चाह्यौ  होला... तिम्रो शरीर सधैको कमजोर न हो ... मैले तिमीलाई हेरें... तिमी मुस्कुरायौ... म जबरजस्ती ओठ खोलें... मनमा अजिब तरङ्ग चल्दै थियो... एक त आज सम्म कोही केटीको हात समाएको थिइन... अझ त्यो घनघोर अन्धकारमा... आफैलाई सम्हाल्न गाह्रो होला जस्तै लाग्यो...
म: मेरो हात नसमाई हिंड न... मलाई कस्तो अप्ठ्यारो लाग्दै छ...
तिमी: किन अप्ठ्यारो नि???
म: तिमीलाई थाहा छ नि...
तिमी: के र?
म: केही पनि होइन...
तिमी: भन न... प्लिज...
म: जिद्दी नगर न...
केहीबेर हामी दुवै मौन बस्यौ... तिमी रिसाएको अनुहार लिएर... अनि म मनभित्रै घोतलिएर... एक्कासी तिम्रो आवाजले झस्कायो...
तिमी: तिमी मेरो बारेमा के सोच्छौ?
म: राम्री छौ... जवान... मिलनसार...
तिमी: मात्रै?
म: अरु के त?
तिमी: तिमी मलाई माया गर्छौ?
म: तिमी मेरो मिल्ने साथी हौ... सायद तिमीभन्दा बढी म कसैलाई माया गर्दिंन...
तिमी: साथी मात्र?
म: भन्नाले?
तिमी: के तिमी र म बिचमा मित्रता बाहेक केही छैन?
उसको विचार बुझ्न सकिन... मौन बसें...
तिमी: किन चुपचाप?
म: बोल्ने कुरा पाइन...
तिमी: के हामी साथी मात्र हौँ?
म: म त त्यही सोच्छु...
तिमी: तर म त तिमीलाई मन परौंछु...
म: के भन्यौ??? तिमी होसमा त छौ???
तिमी: म एकदम साँचो बोल्दै छु...
त्यतिकैमा तिम्रो घरनजिक आइपुग्यौं...
तिमी: मलाई यसको उत्तर भोलि चाहिन्छ...
म: हुन्छ...
उत्तरको वास्ता नगरी तिमी भागे झैँ लाग्यो... म बाटोभरी सोच्दै हिडें... करिब ३५,मिनेटको बाटो काट्न १ घण्टा भन्दा बढी लाग्यो...रातभर पनि निदाउन सकिन... तिमीसंग बिताएका पलहरु मस्तिष्कमा नाचिरहे...
.............................................................................
आज भन्दा ९ दिन अघि बिहानीमा तिमी मेरो घरमा आयौ... मुहार केही मलिन अनि अनुहारमा चमक हरेको... मलाई ठम्याउन  गाह्रो परेन तिमी केही गहिरो सोचमा छौ...
म: के सोच्दै छौ??
तिमी: मेरो हिजोको प्रश्नको उत्तर के हो??
म: जे मैले हिजो भनें... म मित्रता भन्दा माथि उठ्न चाहन्न... म मित्रतामा एकदम सन्तुष्ट छु....
तिमी: अनि म?? मेरो बारेमा सोचेनौ...
म: अहँ... (ढाट्न चाहिँन..)
तिमी: के रे?? त्यसो भए तिमीलाई मेरो चिन्ता छैन होइन त??
म: त्यसो होइन, तर प्रेम-सम्बन्धको बारेमा मेरो आफ्नै धारणा छ...
तिमी: कस्तो धारणा?
म: म प्रेममा विश्वास गर्दिन...
तिमी: यदि तिमी साँचो बोल्दै छौ भने अब हाम्रो भेट कहिल्यै हुन्न....
म: किन?
तिमी: मेरो घरमा मेरो विवाहको कुरा चल्दै छ...
म: अनि तिमी बिहे गर्न चाहन्नौ?
तिमी: म तिमीबाहेक अरुसंगको जीवन सोच्न पनि सक्दिन...
म: तर म कसैसंग पनि आफ्नो जीवन सोच्न सक्दिन... (सायद पहिलो पटक मभित्र को घमण्ड उसको सामु प्रस्तुत भयो..)
तिमी: त्यसो हो भने म आफ्नो जीवन बलि चढाउँ??
म: मलाई थाहा छैन... जे मन लाग्छ गर...
तिमी: हवस्...
तिमी रिसाएर गयौ... म तिम्रो पछीपछी आएँ..... तिमीले वास्ता गरेनौ.... मैले पछ्याउन छोडिन...तिमीले एकपटक मलाई हेर्‍यौ, त्यही रिस भरिएका आँखाहरुले... तर एकैछिनमा ती नयनमा केही आस पलाए जस्तो देखियो... तिमीले अप्रत्यासित प्रस्ताव थम्यायौ..
तिमी: हामी यहाँबाट भागौँ???
म असमन्जमा परें... म प्रेममा फस्न नचाहेको मानिसलाई सोझै भाग्ने प्रस्ताव... म केही उत्तर नदिई त्यहाँबाट फर्किएँ.... सायद तिमी यहि चाहन्थ्यौ... तिमी के गर्यौ मैले ध्यान दिइन... सायद गयौ होला....
साँझमा फेरी भेट भयो तर म बोल्न चाहिन... तिमीले पनि प्रयास गरेनौ...
........................................................................
आज भन्दा ८ दिन अघि.... रातभर निदाउन नसकेकोले बिहानीमा झपक्क निदाएछु... ब्युँझदा दिनको १२ बजेको थियो.... गाउँमा अनौठो सुनसान थियो... केही सोचिन... ओछ्यानमा बसीबसी तिमीलाई भेट्ने सोच बनाएँ... तयार भएर तिम्रो घरतिर हिडें...
तिम्रो घर पुग्दा अकस्मात् अर्को चट्यांगले मुटुमा हान्यो... तिम्रो घरमा तिमी थिएनौ... त्यहाँ तिम्रो लास थियो...
..............................................................
सर्वप्रथम मैले आफैलाई दोषी ठहर्याएँ... त्यसको बोझ सहन सकिन... आफ्नो घमण्डलाई दोष दिएँ... तर आखिर मेरो घमण्ड पनि म नै त हुँ... आफ्नो बोझ मुटुमै थोपरेँ... आँखाबाट आँसु झरे... थाम्न सकिन... अनि बग्न दिएँ....
.......................................................................................................
त्यसदिनबाट आजसम्म प्रेम र यसको प्रभावहरु भोग्दै छु... अनि अचेल लाग्छ कि म पनि तिमीलाई साँचो प्रेम गर्थें...
तिमीलाई तिम्रो प्रेमले मार्‍यो... अनि तिम्रो प्रेमलाई मैले...
........
तिम्रो हत्यारा म नै पो हुँ कि???
Read more »

मन भित्रै गुम्सिएका, बात मिठो छ...

मन भित्रै गुम्सिएका, बात मिठो छ...
एक्लै मात्र बिताएका, रात  मिठो छ...
अन्तरमुखीको चरित्रमा, मलाई पुराउने...
तिम्रो कोसेली मलाई, घात मिठो छ...
हामी दुई प्राणी संगै, हुन सकिन्न भन्न...
तिमीले कारण देखा'को, जात मिठो छ...
एक्लै बाँचेको छैन,सहारा पनि छ...
विगतका सम्झनाका,खात मिठो छ...
फर्किएर हेरे पनि, म अब हेर्दिन...
तिम्रोजस्तै घमण्डको, मात मिठो छ...
Read more »

Thursday, June 3, 2010

पिर अनि चिन्ताका, भारी बोकिरहेछु...

पिर अनि चिन्ताका, भारी बोकिरहेछु...
सहने क्षमता कति?, त्यही जोखिरहेछु....
 
फेरी नउदाउने गरि, अस्ताए छ घाम...
अन्धकार जीवनमा, दियालो खोजिरहेछु...
 
को छन् र बुझिदिने, मेरो विचारहरु...
क्लिष्ट मानिएका भाव, किन पोखिरहेछु...
 
एक्लो बने संसारमा, अलग विचार बोक्दा...
समाज सापेक्ष आफै, बदलिने सोचिरहेछु...
 
जिउनुको नयाँ आश, तिमीले दिएपछि...
मर्न खोज्ने मनलाई, मैले रोकिरहेछु...
 
भित्र पस्ने बाटो बन्द, तिमीले गरेदेखि...
छिर्न खोज्ने मनलाई, मैले रोकिरहेछु...
 
Read more »

Wednesday, June 2, 2010

हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...

हाँस्ने गाउने जीवन कहिले, सकिएछ थाहा भएन...
सपनीमा रम्दा रम्दै, मक्किएछ थाहा भएन...
 
मैले पाएका  चोट सबै, भुलेर नै बाँच्दै थिएँ... 
लुकाउन खोजेको आँसु, छल्किएछ थाहा भएन...
 
कस्तो कठोर प्रहार तिम्रो, सहें झैँ लागेथ्यो...
चल्दा चल्दै मेरो मुटु, टुक्रिएछ थाहा भएन...
 
पर्खाल बनाए झैँ लागेथ्यो, कालसंग टाढा रहने...
कहिले त्यस्तो बाढी आई, भत्किएछ थाहा भएन...
 
बिताउदै थिए झैँ ठान्थें, जसोतसो मेरा दिन...
तिम्रो  हातको आगो लागी, सल्किएछ थाहा भएन...
Read more »

गुमनाम नभई चुपचाप हुन

परिस्थितिसंग जुझ्न खोज्दा, कस्तो-कस्तो बिचार हुन्छ....
आँखा त कहिले रोएथ्यो र, आत्मा उसको सधैँ रुन्छ....

गुमनाम कोही किन हुन्छ, साथ दिने कोही नहुदा....
अन्धकार रातलाई साथ दिने, तारा अनि जून छ....

गुमनाम नभई चुपचाप हुन, सायद बाध्यता कुनै छ....
उसले नबोले नि तिमी बुझ, यसले उसको मुटु छुन्छ....
Read more »

तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...

 
तिम्रो उपस्थिती तिम्रो मिठो, आभास कहाँ छ...
तिमीले गाउने मधुर गीतको, मिठास कहाँ छ...
 
आफ्नै आँगन बिरानो छ, टाढा आफ्नो ठाउँ...
कुन सोचमा तिमी भन्छौ, प्रवास कहाँ छ...
 
बिहानीको सुनौलो घाम, अन्जान भएको छ...
आफ्नै धर्ती, आफ्नै लाग्ने आकाश कहाँ छ....
 
चन्द्र सुर्य झण्डा छैन, डाँफे टाढा छ...
तिम्रो शिरमा सजिने गुराँसको, सुवाश कहाँ छ...
 
टाढाको संसारमा बसेर, आफैलाई भुल्नु पर्दा...
मेरो स्वतन्त्रता मेरो स्वाधीनता, जवाफ कहाँ छ...
 
मानिस हुँ - संसार पाउने, मेरो पनि चाह छ....
पानी बनि आगोमा हिड्ने, साहस कहाँ छ...
Read more »

कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...

कति सोझो अनि कति, लाटो छन् मान्छेहरु...
तापनि देख्दामा कति, बाठो छन् मान्छेहरु...
 
आफैमा लुकेका सत्यताको, भावहरु खोलिंदा ...
लाजले नै कति धेरै, रातो छन् मान्छेहरु...
 
अनेक प्रयास गरिगरि, ढुंगासरह भए नि...
भित्र भने मलिलो, माटो छन् मान्छेहरु...
 
चोट केहि मलाई  छैन, भन्दै गरे पनि...
मनभित्र लुकाएका, खाटो छन् मान्छेहरु...
 
अरुलाई हेला गर्दै आफु कहाँ हाँस्छ र...
जे पिस्दा नि घर्सने, जाँतो छन् मान्छेहरु...
 
रातभर प्रियसीको, पर्खाइमा बस्नुपर्दा...
सुनसान रातको झैं, बाटो छन् मान्छेहरु...
Read more »

Saturday, May 22, 2010

UNCOMPLETE

जीवन जिउने चाहनामा, कति पटक मरें म...
सितल पाउने बहानामा, कति पटक जलें म...

छाडीगए पनि तिमी, मलाई भने आशा थियो...
कुर्छु सधैं तिमीलाई भन्थे, कति पाइला सरें म...
Read more »

Monday, May 17, 2010

दु:खहरुलाई गाउनेछु , गीत बनाएर...

दु:खहरुलाई गाउनेछु ,  गीत बनाएर....
हारहरुलाई जिउनेछु ,   जित बनाएर....

झुठ कपट हेला, छल भरिएको संसारमा....
घृणाहरुलाई झेल्नेछु, प्रित बनाएर....

चोट दिन्छन  सबै मलाई, दुश्मन अरे म....
शत्रुहरुलाई भुलाउनेछु, मित बनाएर....

अरुको  गलत चिताउनु, मानिसको स्वभाव भयो....
कुभलोहरुलाई सहनेछु, हित बनाएर....

बन्धन देख्छु जताततै, मुक्ति कहिँ छैन...
स्वतन्त्रताहरुलाई पाउनेछु,   रित बनाएर...
Read more »

हे बाबा, हे आमा, आशिर्वाद देऊ मलाई...

हे बाबा, हे आमा, आशिर्वाद देऊ मलाई...
जनम भरको लागी हुने, साथ देऊ मलाई...
 
आफ्नो काम पुरा गर्ने, आत्मविश्वाश त छ...
तर साथी काम गर्ने, आँट देऊ मलाई...
 
आजै नभए भोली त, पक्कै सफल हुनेछु...
सफलताको झण्डा फहिराउने, हात देऊ मलाई...
 
कुनै मानिस एक्लै खुसी, कहाँ रहन सक्छ...
मित्र अनि आफन्तको, खात देऊ मलाई...

एक्लै बाँच्न खोज्थेँ सधैँ, अब सायद सक्दिन...
माया, ममता र स्नेहको, मात देऊ मलाई...
Read more »

Saturday, May 15, 2010

MUKTAK???? GAZAL???

मेरो रहरले होइन, परेर जबरजस्तीमा....
म आफै बहुलाएछु, यो पागलको  बस्तीमा....
आफै राम्रो आफै जान्ने, ठुलो पनि आफै नै....
अनुशासन नै देख्दिन, ती कहलिएका हस्तीमा....
अत्यास लाग्दो यो यात्रा एक्लै कति हिड्ने हो???
मेरो विरुद्ध सारा दुनिया को कोसंग भिड्ने हो????
Read more »

Tuesday, April 27, 2010

रातका ताराहरु अनि जीवनको लक्ष्य

अचेल रातमा ताराहरु हेर्ने बानी जस्तो भएको छ.... राम्रा देखिन्छन्.... सोच्न बाध्य बनाउँछ कि "त्यहाँ को जीवन कति सुन्दर अनि मनोरम होला???? म पनि त्यतै कहीँ आफ्नो संसार सजाउन पाए.... " 
अनि फेरि याद आउँछ "तर त्यहाँ पुग्ने कसरी????" 
सबै लक्ष्यहरु साना हुन् या ठुला - तिनै ताराजस्तो लाग्दैछन्.... लक्ष्यहरु प्रष्ट देखिएका छन्.... वर्षात सकिएको रातमा जस्तै.... लक्ष्यमा पुगेको समय सोच्छु.... कति मनोरम होला.... तर लक्ष्यहरुमा पुग्ने बाटोको कमी महसुस भईरहेछ....

प्रगतिपथमा लम्किन चाहने मेरा पाईलाहरु यसरी कुँजिदै गएका छन् कि सायद कुनै दिन मैले त्यो बाटो भेटेँ भने पनि हिँड्न असमर्थ हुनेछु.... अनि बाध्य हुनेछु आफ्नै धर्तीमा रमाउन....
Read more »

Monday, April 26, 2010

A Big VOID and a Big Emptiness....

संसार एउटा ठुलो शुन्य... अनि मन भित्र त्यो शुन्य भन्दा ठुलो शुन्यता... 
त्यही शुन्यतामा पनि...
सासहरु हराईरहेछन्... खोज्न जाने बाटो पनि देख्दिन... 
पुराना चोटहरुले पीडा थप्दैछन्... ओखती भेटेको छैन... 
सपनाहरु धेरै देखिन्छन्... सम्झिने क्षमता छैन... 
वरिपरि डढेलो देखिन्छ... निभाउने चाहना छैन... 


यहि हुन नहुने तर भईरहेका... अनि यहि हुनपर्ने तर नभईरहेका कार्यहरुलाई अहिले एउटै वाक्यमा भन्ने प्रयास----
अहिलेको समय A Big VOID and a Big Emptiness....
Read more »

Thursday, March 11, 2010

तिमी बिना बाँच्न सकिन्छ

नबगाए आँसुका थोपा, आँखाभित्र साँच्न सकिन्छ ! 
संघर्ष मात्र गर्‍यो भने, तिमीबिना बाँच्न सकिन्छ !! (१२)

तिरस्कार अहिल्यै गरिन, अझै केही बेर लाग्छ ! 
थोरै माया दिई फेरि, तिमीलाई जाँच्न सकिन्छ !! (२२)
Read more »

सुजना from facebook

त्यसै त्यसै मन्द भयो जिवन को गति ! 
सास मात्र लिएर त बाँच्नु छ र कति !!


जिउँदै आगोमा जल्नुको कति हुन्छ पिडा ! 
समयमै जिवनले किन लिएन बिदा !!
Read more »

Sunday, January 3, 2010

अचेल किन दिन जस्तो, रात पनि एउटै लाग्छ



अचेल किन दिन जस्तो, रात पनि एउटै लाग्छ !
एकान्त र कोलाहलको, मात पनि एउटै लाग्छ !!

हाँस्न चाहेको हुन्छु सधै, आँसु आफै बगिदिन्छन् !
सुखको अनि दु:खको, खात पनि एउटै लाग्छ !!

जड्याहाको जिन्दगी जस्तो, सधै म पिएकै हुन्छु !
ह्विस्की भनौँ या लोकलको, जात पनि एउटै लाग्छ !!

कसैले देखाएको दया, चोट बनी छातीमा पस्छ !
न्यानो ममता र बिषालु, घात पनि एउटै लाग्छ !!

भिन्नता पाइन्छ भन्छन्, प्रत्येक दुई बस्तुमा !
कोमल फूल अनि झरेको, पात पनि एउटै लाग्छ !!

न जीवनको मुल्य पाएँ,न राखेँ समयको नै !
शुन्य समय र बिहानीको, सात पनि एउटै लाग्छ !!
Read more »

मुटुका अनेक बेदना,पोखेर पो के गर्नु


मुटुका अनेक बेदना,पोखेर पो के गर्नु !
भारी छ छाती तर, जोखेर पो के गर्नु !!

सम्झन्छु म झलझल, सँगै बिताएका पलहरु !
थोत्रिएका सबै यादहरु, बोकेर पो के गर्नु !!

रसाउँछन् आँखा अझै, तस्बिर तिम्रो देखेर !
सस्तो भैसक्यो आँसु पनि, रोकेर पो के गर्नु !!

कमजोरी कसको कस्तो भयो,थाहा भएन पहिले !!
टाढिएपछि तिमी टाउको, ठोकेर पो के गर्नु !!

अथाह पिडा मनमै लुके,तिमी टाढा भईदिंदा !
निरर्थक बनेका ति भाव, बोकेर पो के गर्नु !!
Read more »